काठमाडौ, २१ भदौ सरकारी सेवामा रहेका डाक्टरहरुले पुर्व स्विकृति विना निजी अस्पताल वा क्लिनिकमा काम गर्नु गैरकानुनी हो । अझ अस्पताल खोल्न वा लगानी गर्न त कानुनले अधिकार नै दिएको छैन ।
यस्ता चिकित्सकलाई विभागीय कारवाही हुन्छ । यद्यपि हाल सम्म बिरलैलाई मात्र कारवाहीमा गरिएको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए ।
‘सरकारी काममा वाधा नपर्ने गरी निजी क्षेत्रमा कुनै सरकारी डाक्टरले काम गर्छन भने यसको लागि विभागीय स्वीकृति अत्यावश्यक छ,’ स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाका डा गुणराज लोहनीले भने, ‘अनुमतिबिना काम गर्ने हरु कारवाहि को भागिदार हुन्छन ।’ सरकारी डाक्टरले निजी अस्पताल खोल्न वा अस्पतालमा लगानी गर्न नपाउने उनले बताए ।
स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली २०५५ अनुसार सरकारी डाक्टरहरुले आफनो क्लिनिक, निजी अस्पताल वा अन्य चिकित्सा प्रयोजनको काम मन्त्रालयको स्विकृतिबिना गर्न पाउदैनन । स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत वावु काजी वानियाले स्वास्थ्य मन्त्रालयको स्वीकृतिबिना गरिने यस्ता काम गैरकानुनी भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘निजीमा काम गर्न चाहने डाक्टरले सरकारसंग अनुमति माग्न सक्छन,’ बानियाले भने, ‘सरकारले ती व्यक्ती संग गरेको सर्तहरुको सन्दर्भमा सरकारी काममा वाधा नपर्ने गरी लगायतका अन्य शर्तहरु राखेर बाहिर काम गर्ने अनुमति दिनसक्छ ।’
डा।लोहनीको अनुसार अनुमति विना निजी क्षेत्रमा काम गर्ने चिकित्सक लाइ सवै भन्दा पहिले स्पष्टिकरण सोध्न सकिन्छ । यस पछि सचेत गराउन सकिन्छ । तिन पटक समम सचेत गराइएका कुरा नमान्ने चिकित्सकलाई निलम्वन, तलव रोक्का, घटुवा, प्रमोसन रोक्का आदि गर्न सकिने डा।लोहनी वताउछन ।
वानियाका अनुसार डाक्टरहरुले सरकारको अहित जोडिएको संस्थाहरुमा आवद्घ हुनु भएन भने सरकारको अहित हुने गरी व्यापार र व्यवसाय समेत गर्न पाइदैन ।
तर मन्त्रालयमा भने निजी क्षेत्रमा काम गर्नको लागि अनुमति लिने डाक्टरहरुको संख्या औलामा गन्न सकिन्छ । स्रोतको अनुसार यस्ता अनुमति लिएका डाक्टरहरुको संख्या ३० समेत नाध्दैन ।
कुन प्रकृया अपनाउदा निजीमा नगई सरकारी अस्पतालमा सवै डाक्टर वस्न रुचाउने हो भन्ने वारे स्वास्थ्य मन्त्रालयले राष्टिय स्तरिय वहस चलाएर एउटा निचोड निकाल्नु पर्छु, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अन्जनी झा भन्छन ।
तिन दशक यता देखी सरकारी सेवामा मात्र ९ सय ९० जना डाक्टरको दरबन्दी रहेको जनाउदै डा।झा मन्त्रालयमा मुलुकको जनसंख्याको अनुपातमा डाक्टरको संख्या अत्यन्त न्युन भएको दावी गर्छन ।
‘जति मन्त्री आउनु भयो उहाहरु निजीमा काम गर्ने डाक्टरलाइ कारवाही गर्ने कुरा मात्र फलाक्नु भयो र जानु भयो, तर केहि सकारात्मक परिवर्तन भएन,’डा.झा ले भने । यो समस्याको चुरोमा पुगेर स्थायी समाधान खोज्ने काम अझै नभएको दावी डा.झाको छ ।
सरकारले डाक्टरहरुको कामको समय तालिका समेत निर्धारित गरेको छ । डा.लोहनीको अनुसार डाक्टरले दिनहु पाच घन्टा बहिरंग विभाग हेर्नु पर्छ भने दुइ घन्टा राउण्ड लिनु पर्छ । यस्तै डाक्टरले सातामा ४० घन्टाको हिसावले नियमित काम गर्नु पर्ने समेत उल्लेख छ ।
यस्तै उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा विहान १० देखी दिउसो दुइृ वजे सम्म वहिरंग सेवा संञ्चालन गर्नु पर्ने र ३ देखी ५ वजे सम्म प्रसानिक सेवा सञ्चालन गर्नु पर्ने परिपत्र स्वास्थ्य मन्त्रालयले गरेको छ ।















प्रतिक्रिया