काठमाडौं, २० भदौ । संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निर्देशनविपरीत सातजना सभासद् शुक्रबार मलेसिया जान लागेका छन्।
नेम्बाङले संविधानको मस्यौदा तयार नभएसम्म जिल्लासमेत नजान निर्देशन दिइरहेका बेला अर्थ समितिका सभापति प्रकाश ज्वालाको नेतृत्वमा यी सभासद् मलेसिया जान लागेका हुन्।
मलेसिया जाने सभासद्मा कांग्रेसका कमला पन्त, जगदीश्वरनरसिंह केसी र नेकपा मालेका सीपी मैनाली छन्। एमाओवादीले भने आफ्ना सभासद्लाई विदेश जान रोक लगाएको छ।
एमाओवादीका शक्ति बस्नेतको नाम विदेश जाने टोलीमा रहे पनि प्रमुख सचेतक गिरिराजमणि पोखरेलले नजान निर्देशन दिएका हुन्।’अहिले विदेश जाने बेला होइनु, पोखरेलले भने, ‘संविधानका विषयमा सहमति गर्न यत्रो गृहकार्य भइरहेको छ। यस्तो अवस्थामा केको विदेश .’
संविधानका विवादित विषयमा शनिबारसम्म सहमति नजुटे प्रक्रिया अनुसार अगाडि बढ्ने बेलामा सभासद्हरू विदेश यात्रामा निस्कन लागेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । समितिका सभापतिहरूले महत्त्वपूर्ण विषयमा निर्णय लिँदा सम्बन्धित दल र प्रमुख सचेतकसँग सल्लाह लिनुपर्ने पोखरेलले बताए।















प्रतिक्रिया