काठमाडौ, २० भदौ । राजनीतिक भागवण्डा नमिलेकै कारण सरकारले महत्वपूर्ण छिमेकी सहित १० मुलुक खाली छोडेर परराष्ट्र मन्त्रालयका छ सहसचिवहरुलाई मात्रै राजदूत नियुक्तिको सिफारिस गरेको छ ।
विहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले त्यस्तो सिफारिस गरेको हो । सत्ता साझेदार दलहरुबीच भागवण्डा नमिल्दा तीन बर्ष देखि खाली छिमेकी मुलुक भारतमा राजदूत नियुक्त हुन नसकी रहेको अवस्थामा अन्य मुलुकमा करिअरबाट राजदूत नियुक्त गरिएको हो ।
राजदूत नियक्तिको विषयमा लामो समय देखि सत्तासाझेदार प्रमुख दलहरु कांग्रेस र एमालेमा द्धन्द चलेको थियो । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले मन्त्रालयका सहसचिवको नाम खल्तिमा लिएर हिडेको तर नियुक्ति हुन नसकेको बताउदै आएका थिए ।
सरकारले छिमेकी मुलुक भारत, शक्ति मुलुक द्धय अमेरिका र बेलायतमा राजदूत पठाउने निर्णय गर्न सकेको छैन् । सबै क्षेत्रमा राजनीतिक भागवण्डा रहेकोले कूटनीतिक सेवा पनि लामो समय देखि यसकै छायाँमा परेको हो । मन्त्रालय भित्रका अधिकारीहरुमा समेत दलको छाँया परेकाले करिअरबाट पनि राजदूत नियुक्ति हुन लमो समय लागेको, परराष्ट्रका एक बरिष्ठ अधिकारीले बताए ।
दूतावासमा काम गरेर फर्के पछि मन्त्रालयमा काम गरेको समय र सहसचिवको बरिष्ठताको आधारमा नै राजदूत पठाउने गरिएको थियो । तर अलिहेको राजदूत नियुक्तिमा भने त्यस्तो हुन सकेन । मन्त्रालयका सहसचिवहरु बीचमा पनि दलगत गृहकार्य हुदा यस्तो समस्या आएको हो ।
निकै विवाद देखिएको राजदूत नियुक्तिमा केही हदसम्म मिलेको एक अधिकारीले बताए । लामो समय देखि दलहरुबीचको द्धन्दको कारण यसअघिको मापदण्ड पूर्ण लागू हुन नसके पनि लामो समय मन्त्रालयमा बसेको आधारमा र बरिष्टताको आधार हेरेर मिलाएर अहिले नियुक्तिको सिफारिष भएको हो ।
मन्त्रिपरिषदमा राजदूत नियुक्तिमा लामो छलफलपछि टुंगोमा पुगेको हो । ‘बरिष्ठता, कार्यदक्षता, मन्त्रालयमा काम गरेको आधारमा नै राजदूत सिफारिस भएको हो,’ परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले भने । प्राविधिक कारणले केही ढिलो भएको भए पनि अहिले करिअरको मात्र भए पनि टुंगोमा पुग्यो भन्दै उनले भने, ‘राजनीतिक तहबाट पनि राष्ट्रसंघिय महासभामा जानुपूर्व नै नियुक्तिको सिफारिस हुनेछ । छलफलहरु अघि बढेको छ । अव समय लाग्दैन ।’
परराष्ट्रका सहसचिवहरु दिपक धिताल जेनेभा स्थित राष्ट्र संघिय नियोग, खगनाथ अधिकारी थाइल्याण्ड, अम्विका देवि लुइटेल फ्रान्स, अमृत बहादुर राई दक्षिण अफ्रिका, कालिप्रसाद पोखरेललाई क्यानडा र यज्ञबहादुर हमाललाई कुवेत पठाउने निर्णय मन्त्रिपरिषदले गरेको हो।
थाइल्याण्ड तीन बर्ष देखि खाली रहेको थियो भने जेनेभाबाट एक बर्ष अघि शंकरदास बैरागि मन्त्रालयको नेतृत्वसम्हाल्न फर्केपछि जेनेभा स्थित नियोग खालि थियो । फ्रान्स र दक्षिण अफ्रिका गत साता देखि खाली थियो भने कुवेत र क्यानडा करिव सात महिना देखि खाली थिए ।
जेनेभाको लागि एग्रिमो नचाहिने हुनाले धितालको नियुक्ति छिट्टै हुने र कार्यभार सम्हाल्न गइहाल्ने अवस्था रहेको परराष्ट्र अधिकारीले बताए । उनी राष्ट्रसंघको महासभामा जाने समयमा नै पनि जेनेभाको राजदूतको रुपमा जाने तयारी मन्त्रालयले अघि बढाउने छ । धिताल मन्त्रालयका बरिष्ट र धेरै समय मन्त्रालयमा बसेका सहसचिव हुन भने उनले अहिले राष्ट्रसंघिय महाशाखा प्रमुख हुन् ।
चीन समेत हेर्ने दक्षिण पूर्विमशाखाख प्रमुख लुइटेल पनि बरिष्ट र मन्त्रालयमा नै रहेर कार्यरत एक्लो महिला सहसचिव हुन् । धिताल र लुइटेल बाहेक अन्यको हकमा भने निकै विवाद हुदै आएको थियो। यसपछिका सबै जना संगसंगै जस्तो सहसचिव भएका र फर्केको आधारमात्र मुल्यांकन हुने भएपछि विवाद चुलिएको थियो ।
तर मन्त्रालयले बीचको बाटो निकालेर फर्केको आधारमा शिष्टाचार महापाल पोखरेल, बरिष्टताको आधारमा प्रवक्ता खगनाथ, पछिल्लो बढुवाको आधारमा दक्षिण एसियाको राजनीतिक मशाखाख प्रमुख अमृत र सार्क महाशाखा प्रमुख हमाललाई राजदूतमा सिफारिस गरेको हो ।
सहसचिव बढुवाको आधारमा खगनाथ सबैभन्दा बरिष्ठ भए पनि उनी भारतबाट कार्यकाल पुरा गरि गत चैत अन्त्यमा फर्केका हुन् । न्यूयोर्कमा रहेकी अर्की महिला सहसचिव सेवा लम्साल र राईसंगै बढुवा भएका मन्त्रालयका अन्य सहसचिवहरुले पनि परराष्ट्रमन्त्रीसंग असन्तुष्टि देखाएका छन् । अहिले नियुक्त भएका मध्ये दूई सहसचिव भन्दा बरिष्ट र एक बर्ष भित्र सेवानिवृत्त हुन लागेका मैनाली राजदूतमा नपरे पछि यस्तो असन्तुष्टि ब्यक्त भएको हो ।
मन्त्रालय भित्रको द्धन्दको भुग्रोमा आफू परेको मैनालीले आफू निकटलाई बताएको भए पनि कान्तिपुरकोसंग उनले यसबारेमा कुनै प्रतिक्रिया दिएनन। मन्त्रीज्यूहरु बसेर गरेको निर्णयमा म कहाँ बोल्न सक्छु उनले भने ।
त्यस्तै राहदानी वभागका महानिर्देशक रमेश खनालले पनि आफू भन्दा कनिस्ट सहसचिव र भर्खर पोष्टिङ खाएर फर्केका पनि राजदूतमा सिफारिस भएकोमा असन्तुष्टि ब्यक्त गरे ।
न्यूयोर्कमा उपप्रमुख रहेकी सेवा लम्सालले पनि राजदूत दावी गर्दै आएकी थिएन उनी पनि आफू भन्दा कनिस्ट राजदूत हुने भएपछि न्यूयोर्कबाट छिट्टै र्फकने जानकारी मन्त्रालयलाई गराउने निकटस्थलाई बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । उनले आफू भन्दा कनिष्ट राजदूत हुने आफू नियोग उपप्रमुख भएर बस्नु भन्दा डेकस प्रमुख नै हुन बेस भन्दै आफ्नो धारणा मन्त्रालयमा पठाएकी भए पनि टेलिफोन सम्पर्कमा भनिन, ‘मैले के भन्ने । मन्त्रालयमा नभएपछि यस्तै हो । अव म पनि मन्त्रालय छिट्टै र्फकन्छु ।’
परराष्ट्रमन्त्री पाण्डेले आफूले हदैसम्म मिलाएर राजदूत नियुक्तीको सिफारिस गरेको बताउदै मन्त्रालयमा कुनै विवाद नरहेको बताए मन्त्रालयको टुंगियो अव राजनीतिक नियुक्ति तिर ध्यान दिने बताए । अहिले भएका राजदूतहरु धिताल बाहेक अन्य सबै आगामी मंसिरमा हुने १८ औं सार्क शिखर सम्मेलन पछि मात्र जानेछन ।
त्यसोत उनीहरुको एग्रिमो आउन र नियुक्ति प्रक्रिया गर्दा पनि समय लाग्ने छ । अझै सरकारले भारत, अमेरिका, कतार, इजिप्ट, जर्मनी, बेलायत, श्रीलंका र ब्राजिलमा राजदूत नियुक्त गर्न पर्नेछ। त्यस्तै ओमान र बहराइन स्थित कार्यबाहक स्तरको राजदूतावासलाई पनि स्तरोन्नती गरेर राजदूत नियुक्त गर्ने भन्दै मन्त्रालयलाई छ स्थान दिएको अधिकारीहरुले बताए ।















प्रतिक्रिया