२८ आश्विन २०८३, बुधबार

एकै परिवारका चारजनालाई एचआइभी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hiv-aidsखजुरा (बाँके), १९ भदौ । बाँके जिल्लाको राप्तीपारि क्षेत्रमा पर्ने कालाफाँटामा एकै घरका चारजना एचआइभी एड्सबाट सङ्क्रमित भएको भेटिएको छ ।

कालाफाँटा–६ का एकै घरका श्रीमान्, श्रीमती र तीन छोरीसमेत एचआइभीबाट सङ्क्रमित भएका छन् । कुन्नु भन्ने चम्की खाँले भारतको मुम्बईमा गएका बेला एचआइभी लिएर आएको र श्रीमतीमा समेत सारेको प्रहरी चौकी नरैनापुरका इन्चार्ज मनोज मिश्रले जानकारी दिनुभयो ।

खाँकी श्रीमतीबाट जन्मेका सबै बच्चामा एचआइभी पोजेटिभ देखिएको छ । छोरीहरु आठ, १० र १२ वर्षका छन् ।

इन्चार्ज मिश्रका अनुसार, कुन्नुलाई एचआइभी भएको थाहा भएपछि नेपालगन्ज भेरी अञ्चल अस्पताल पठाउँदा परिवारमा पनि एचआइभी देखिएको पत्ता लागेको हो ।

भारतसँग सिमाना जोडिएका कालाफाँटा, नरैनापुर, गङ्गापुर, लक्ष्मणपुरलगायतका गाउँमा एचआइभी सङ्क्रमितहरु धेरै रहेको इन्चार्ज मिश्रले बताउनुभयो ।  रासस