२८ आश्विन २०८३, बुधबार

कतारमा एनआरएन कपका दश खेल सम्पन्न, बाँकी खेल सेप्टेम्बर ४ र ५ मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

qutqr1.4

खगेन्द्र कार्की
कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले पाँच लाख रुपैयाँ बढी राशिको ‘एनआरएनकप फुटबल २०१४’ का खेलहरु अल अरबी स्पोर्टस् क्लबको खेल मैदानमा सम्पन्न भएका छन् ।

प्रवासमा रहेका खेल प्रतिभाहरुलाई प्रस्फुटन गराउँदै नेपाली खेललाई विदेशमा प्रवद्र्धन गराउने उद्देश्यका साथ सञ्चालित सो खेलकुदको विधिवतरुपमा उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा कतारस्थित नेपाली राजदुतावासका कार्यवहाक राजदुत गणेशप्रसाद ढकाल रहनु भएको थियो ।
qutqr1.6

संस्थाका अध्यक्ष मक्सुद आलमको सभापतित्वमा आयोजित सो कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष टिबी कार्की, एनआरएनए आईसीसी मध्यपूर्व उपसंयोजक पूर्ण केसी, आईसीसी सल्लाहकार देवकाजी डंगोल, आईसीसी को–अप्ट सदस्य अमृत गुरुङ, आईसीसी सदस्य उमेश अधिकारी, अल अरबी क्लवका व्यवस्थापक अब्दुल्लाह अलनाइम,  एनआरएनएएनसीसी सल्लाहकार संयोजक गुरु नारायण रानाभाट, एनआरएनएआईसीसी खेलकुद विभाग उप–संयोजक रामहरी गैरेको उपस्थिति रहेको थियो ।
qutqr1

त्यसैगरी एनसीसीकतारका सल्लाहकारहरु, पूर्व आईसीसी उपाध्यक्ष सागर नेपाल, एनआरएनकप २०१४ का संयोजक टिएन बराल, पत्रकारहरु, ग्लोबल आईएमईको तर्फबाट दिपेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव विनोद भट्टराईद्वारा सञ्चालित सो कार्यक्रम नेपाल र कतारको राष्ट्रिय गानबाट सुरु गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै आईसीसी प्रथम उपाध्यक्ष टिबी कार्कीले पाँचलाख नेपालीको शानको रुपमा अगाडि आएको एनआरएनकपलाई सबैले आ–आफ्नो ठाउँबाट साथ र सहयोग गरेर सफल पारिदिनु हुन अनुरोध गर्नु भएको थियो ।
अल अरबी क्लवका व्यवस्थापक अब्दुल्लाह अलनाइमले नेपाली समुदायबीच हुन गईरहेको प्रतियोगिताबाट खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

प्रमुख अतिथि कार्यवहाक राजदुत गणेशप्रसाद ढकालले कतारमा कार्यरत नेपाली श्रमिकहरुले कार्यव्यस्तताका बाबजुद पनि एनआरएनकप २०१४ मा सहभागी हुने टिम, खेलाडी, व्यवस्थापनलगायत सबैलाई धन्यवादसहित सफलताको शुभकामना दिनुभयो ।

 

उद्घाटन खेलमा नारायणगोपाल नेपाली अन्तर्राष्ट्रिय कलाकार मञ्च फुटबल टिम र पाथीभरा स्पोर्टस क्लबताप्लेजुङबीचको भिडन्त भएको थियो जसमा नारायणगोपाल नेपाली अन्तर्राष्ट्रिय कलाकार मञ्च फुटबल टिमले ट्राइब्रेकरमा जितहासिल गरेको थियो । सो खेलमा सर्वोत्कृष्ट खेलाडीको कप खेम गौतमले हातपार्न सफलभएका थिए ।

यसैगरी सोहीदिनको दोस्रो भिडन्त डाँफे तामाङ समाज फुटबल टिम तथा अन्नपूर्ण फुटबल क्लवबीच भएको थियो भने डाँफे तामाङ समाज फुटबल टिमले ० का विरुद्ध ४ गोल अन्तरले जितहासिल गरेको थियो ।

सो खेलकुदको सर्वोत्कृष्ट खेलाडी विजेता टिमका खेलाडी विकेस घिसिङले कप हातपारे ।

यसैगरी अगष्ट २९ माभएका खेलकुदहरुमा भद्रकाली प्रवासी हेम्जा समाज तथा बागेश्वरी राधापुर स्पोटर्स क्लवबीच प्रतिष्पर्धा भएको थियो भने भद्रकाली प्रवासी हेम्जा समाजले १ का विरुद्ध ३ गोलको अन्तरले जितहासिल गर्दै सोही टिमका सन्तोष बिक सर्पोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

सोही दिनको अर्को खेल माच्छापुच्छ्रे ग्रुपफार नेपाली फुटबल टिम तथा फेला स्पोटर्स टिमबीच प्रतिष्पर्धा भएको थियो भने मान्छापुच्छ्रे ग्रुपफोर नेपाली फुटबल टिमले ट्राइब्रेकरमा जितहासिल गरी ए वन राईलाई सर्वोत्कृष्ट खेलाडीको कपदिलाउन समेत सफलभएको थियो । अर्को खेल बुद्ध बिबिएफसी फुटबल टिम तथा सप्तकोशी अमल सर्भिस फुटबल टिमबीच भएको थियो ।

सो टिमबाट बुद्ध बीबीएफसी फुटबल टिमले ० का विरुद्ध ३ को गोल अन्तरबाट जितहासिल गरेको थियो । सो प्रतिष्पर्धाबाट बुद्ध बिबिएफसीका सुरज सेन्चुरी सर्वोत्कृष्ट खेलाडी घोषणा भएका थिए ।

अर्को खेल रानीपोखरी युनिटी ब्वाइजक्लव र कस्तुरी सन्ध्याग्रुप टिमबीच भएको थियो । सो प्रतियोगितामा रानीपोखरी युनिटी ब्वाईजले १ का विरुद्ध २ गोलको अन्तरले जितहासिल गरेको थियो ।

रानीपोखरीकै सुरज राई सर्वोत्कृष्ट खेलाडी बन्न सफलभएकाथिए ।

यसैगरी मकालु ब्ल्याक क्याट स्पोटर्स क्लव र कञ्चनजंगा फुटबल टिम बीचको खेलका मकालु ब्ल्याक क्याटले २ का विरुद्ध ६ गोलको अन्तरले जित हासिलग¥यो भने विजेता टिमकै मनोज शाहीले सर्वोत्कृष्ट खेलाडीको कप हातपारेका थिए ।

सोहीदिनको अर्को खेल कृष्णसागर नेपालयुथ क्लव तथा मेचिकाली जनजागृतिफुलबल टिमबीच भएको थियो ।

मेचिकाली जन जागृति फुटबल टिमले ० का विरुद्ध १ गोलअन्तरले जितहासिल गरेको थियो ।

सो प्रतियोगितामा मेचिकालीका लाक्पालामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

यसैगरी सोहीदिन माउन्ट एभरेष्ट युथक्लव तथा लखनथापामगर स्पोर्टस् क्लबिीच प्रतिष्पर्धा भएको थियो भने माउन्ट एभरेष्ट युथक्लबले ० का विरुद्ध २ गोल अन्तरले जितहासिल गरे भने विजेता  टिमका खेलाडी भुपेन्द्र देवानले सर्वोत्कृष्ट खेलाडीको दर्जा पाएका थिए ।

सो दिनको अन्तिम भिडन्त अर्थात १० औं खेलकुदभने स्वयम्भु स्काई स्पोर्टस् क्लबतथालालिगुराँस पूर्वाञ्चल फुटबल टिमबीच भएको थियो ।

सो प्रतियोगितामालालि गुराँस पूर्वाञ्चल फुटबल टिमले ट्राईब्रेकरमाजितहासिल गरेका थिए ।

सो प्रतियोगितामा विजेता टिमका हरी चौधरीले सर्वोत्कृष्ट खेलाडीको कपहात पारेका थिए ।

बाँकी खेलहरु एनआरएनएएनसीसीकतारको खेल तालिका बमोजिम सेप्टेम्बर ४ र ५ गते हुनेछन् ।