विकासराज न्यौपाने
अमेरिका । थुप्रै नेपालीहरुको बसोबास रहेको अमेरिकाको टेक्ससको ड्यालासमा यसपालिको दशैँ निकै भव्य हुने भएको छ ।
दशैँ छेकमा एक हप्ता मै दुई वटा भव्य कार्यक्रमको आयोजनाले सबै नेपालीहरू दङ्ग दंग भएका छन् ।
नेपाली समाज टेक्सासको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको दशैँ सांस्कृतिक कार्यक्रम तथा दशैँ डिनरु यही आउदो शनिवार ,सेप्टेम्बर २७ साँझ कलाकार मिलन लामा तथा शान्ति भण्डारीको दोहोरी तथा गीत, नृत्यको साथमा हुँदै छ ।
अर्को कार्यक्रम डालस एभरेष्ट लायन्स क्लबको आयोजनामा आउँदो आइतबार, अक्टोबर ५ का दिन नेपाली हास्य जगतका सम्राट मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको जोडीको साथमा हुँदैछ।
नेपाली समाज टेक्ससका अध्यक्ष भुवन आचार्यले सेप्टेम्बर २७ साँझको दशैँ कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो।
नेपाली समाज टेक्ससको कार्यक्रममा ुनिशान कारु प्रथम उपहार राखिएको चिठ्ठा पनि खोलिने कार्यक्रम रहेको छ ।
नेपालीहरूको राष्ट्रिय चाडको रमाइलो समयमा हुन लागेको यो कार्यक्रम भव्य सम्पन्न हुने विश्वास गर्दै सबैलाई सक्रिय सहभागिताको निमित्त अनुरोध समेत गर्नुभयो।ु
त्यसै गरी लायन्स क्लबले खेमराज बास्तोलाको संयोजकत्व र प्रोग्राम सभापति प्रकाश गौतम रहेको कार्यक्रम समिति बनाएको छ।
ड्यालास एभरेष्ट लायन्स क्लब सबै नेपालीलाई सो प्रोग्राममा उत्साह पूर्वक भाग लिएर कलाकार ुमहु को सम्मान गर्न सबैमा आह्वान गरेको छ।
नेपाली समाज टेक्सासका महासचिव विजयराज भट्टराईसँग एकै हप्तामा दुईवटा कार्यक्रमले दुवै कार्यक्रम खल्लो बन्ने त हैन भनी जिज्ञासा राख्दा उहाँले प्रतिस्पर्धी कार्यक्रम नभई, दुवै संस्थाहरूबचि समन्वय–सहकार्यको कार्यक्रम भएको हुँदा दुवै कार्यक्रम सफल बनाउनमा नेपाली समाज उत्तिकै सक्रिय रहने बताउँनु भयो ।
उहाँले दुवै कार्यक्रम सफल बनाउन स्थानीय स्तरमा रहेका सम्पूर्ण सङ्घ संस्थाहरूसँग अनुरोध समेत गर्नुभयो ।
ुमह जोडीु को उपलब्ध समयका कारण नेपाली समाज टेक्ससको पूर्व घोषित कार्यक्रम नजिकै कार्यक्रमको मिति स्वीकार्न बाध्य भएको प्रोग्राम सभापति प्रकाश गौतमले बताउनुभयो ।
ुमह साँझु कार्यक्रममा मदन कृष्ण श्रेष्ठ तथा हरिबँश आचार्यसँग नेपालका उच्च कोटीका कलाकारहरू बसुन्धरा भुसाल, किरण के सी, मोहित आचार्य, शिवहरी पौडेल, यमन श्रेष्ठ को प्रस्तुति रहने छ।













प्रतिक्रिया