काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कुवेतले खाडी मुलुकहरुमा महिला कामदार नपठाउन प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएको छ ।
कुवेतमा रहेका नेपालीहरु तथा त्यहाँस्थित संघ संस्थाहरुको संयुक्त आव्हानमा पाँच हजार जनाबाट संकलित प्रधानमन्त्रीलाई बुझाउँदै एनआरएन कुवेतले सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म कुवेत तथा खाडी मुलुकहरुमा घरेलु कामदारको रुपमा महिलाहरुलाई नपठाउन दबाब दिएको हो ।
नेपाली घरेलु महिला कामदारहरु कुवेतमा आउन रोक भएपछि कुवेतमा घरेलु महिला कामदारको अवस्थामा आमचासोको विषय हुन थालेको ज्ञापनपत्रमा उल्लेख छ ।
कुवेती स्पोन्सर र सरकार माथि पनि दवाव पर्ने देखिएकोले यस परिस्थितिमा कुनै पनि बहानामा घरेलु महिला कामदारहरुको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म श्रम स्वीकृति र भिसा प्रमाणीकरण खुला नगर्न समेत ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।















प्रतिक्रिया