२८ आश्विन २०८३, बुधबार

धादिङ- नुवाकोट समाज युके जुर्मुराउँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhading-nuwakot-samaj-uk

युके । धादिङ र नुवाकोटबाट बेलायत आई बसोबास गरिरहेकाहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूकेको नव निर्वाचित कार्य समितिको प्रथम बैठक सम्पन्न भएको छ ।

अध्यक्ष बम ब्लदेनको अध्यक्षता तथा सचिब धन गुरुङको संचालनमा स्थानीय ग्रेट गोर्खाज रेष्टुरेण्ट वेब्रिजमा भब्य उपस्थितिको माझ सार्थक छलफल र भावी रणनीति तय गर्दै बैठक सम्पन्न भएको हो । बैठकमा सबैलाई स्वागत गर्नु हुंदै नव निर्वाचित अध्यक्षले संस्थालाई राजनीति, धर्म र जातिय धंङधङीबाट टाढै राख्ने, आफ्नो कार्यकालमा संस्था संग आबद्ध साथीहरुको भावना बुझेर काम गर्ने तथा जिल्लामा केही सृजनशिल कामहरु गर्न अग्रसर रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

निवर्तमान अध्यक्ष रामबहादुर वाईवाले आफ्नो कार्यकालमा गरेका कामहरुको सबिस्तार जानकारी र सजिला तथा अप्ठ्यारा पक्षहरुलाई बिष्लेशणात्मकरुपमा बैठकमा राख्नु भएको थियो । बिषेशगरी बार्षिक कार्य तालिकामा रहेको समर भेटघाटको समिक्षात्मक पक्षलाई बिषेश जोड दिईएको यस बैठकमा संस्थाको बिगतको कार्य समितिले नवनिर्वाचित समितिलई आफ्नो कार्यभार हस्तान्तरण समेत गरेको थियो ।

Dhading-nuwakot-samaj-uk2

पूर्ब कोषाध्यक्ष रबिन्द्र गुरुङले नवनिर्वाचित कोषाध्यक्ष गोल बहादुर तामाङलाई संस्थाको जिन्सी तथा नगद हस्तान्तरण गर्नु भएको थियो भने निवर्तमान अध्यक्ष रामबहादुर वाईबाले बर्तमान अध्यक्ष बम ब्लदेनलाई संस्थाको माईन्युट हस्तान्तरण गर्नु भएको थियो ।

आगामी बर्ष गरिने सम्भावित कामहरुको प्रस्ताब गर्नु हुंदै अध्यक्षले निकट भबिश्यमै संस्थामा एक आपतकालिन राहत कोष स्थापनार्थ एक च्यारीटी कार्यक्रमको आयोजना गर्ने प्रस्ताब सुझाब समेत पास गरिएको छ ।

त्यस्तै नेपालमा हुने राष्ट्रिय बिपदमा समेत सहयोग गर्न संस्था संधै तत्पर र कृयाशिल हुने समेत सबैलाई जानकारी गराईयो । नेपालको तथा बेलायतको राष्ट्रिय चाडहरु दशै, तिहार, नयां बर्ष, क्रिशमस तथा लोह्सारको अवसर पारेर दिसेम्बरमा एक पारिवारिक भेटघाट तथा पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने प्रस्ताब सर्बसम्मतिले अनुमोदन गरिएको बताइएको छ ।

बैठकमा सल्लाहकारहरु नर बहादुर घले, यम घले, रामशरण सिमखडा, संस्थापक अध्यक्ष नारायण गुरुङ, प्रकाश गुरुङ लगायतले संस्थालाई पारदर्शी, समाबेशी तथा गतिशिल बनाउन बिभिन्न सुझाबहरु दिँदै धादिङ र नुवाकोटबासीहरुको साझा र कृयाशिल संस्थाको रुपमा बिकास गर्न आफ्नो तर्फबाट यस कार्य समितिलाई सक्दो सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नु भएको थियो । बैठकमा उपाध्यक्ष तुल बहादुर तामाङ, अशोक भण्डारी, मिरा तामाङ, देबी गुरुङ, बिर बहादुर पाख्रिन, मिन बहादुर घले लगायत उल्लेख्यमात्रामा समाजका पदाधिकारीहरुको उपस्थित थियो । बैठकको अन्तमा उक्त रेष्टुरेण्टका संचालक दिलाल तामाङलाई धन्यबाद समेत दिईएको थियो ।