२९ आश्विन २०८३, बिहिबार

नेपालमा आईफोन अवैध !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

iphone

काठमााडौं, १८ भदौ । नेपालमा अधिकांश भीआईपीको हातमा आईफोन हुन्छ । प्रहरी, उच्चकर्मचारीदेखि नेताहरूले महंगा आइफोन बोकेका छन् । तर भीआईपी तथा धनाढ्यले बोकेका अधिकांश ती आइफोन अवैध हुन् । किनकी नेपालमा हालसम्म आईफोनले बिक्रीका लागि अनुमति लिइएको छैन ।

भन्सार तिरेर हालसम्म एउटा पनि आईफोन भित्रिएको रेकर्ड छैन । आगामी मंगलबार (सेप्टेम्बर ९) आईफोनले नयाँ भर्सन आईफोन ६ सार्वजनिक गर्दैछ । एक लाखभन्दा धेरै पर्ने ती आईफोनको धमाधम बुकिङ भइरहेका छन् ।

कुनै पनि मोबाइल कम्पनीले नेपालमा बिक्री गर्नुभन्दा अगाडि नेपाल दुरसंचार प्राधिकरणबाट स्वीकृति लिनुपर्ने हुन्छ । तर, आईफोनले अहिलेसम्म नेपालमा स्वीकृति लिएको छैन, तर पनि नेपालमा ठूलो परिमाणमा आइफोन पसलहरूबाटै बिक्री भइरहेको छ । नेपालमा धेरैले आफन्तहरूमार्फत विदेशबाट मगाएर आधा जसो नेपालमै खरिद बिक्री हुने गरेको छ । खुलमखुल्ला अवैध रुपमा त्यसरी बिक्री हुँदा सरकारले ठूलो मात्रामा भन्सार शुल्क गुमाउँदै आएको छ । कतिपय अवस्थामा भने भन्सारका कर्मचारीसँग मिलेर आईफोन भित्रने गरेको छ ।