काठमाडौं, १७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले संविधानको घोषणासँगै पद त्याग गर्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गर्न मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा कोइरालाले तोकिएकै मितिमा संविधान जारी हुने विश्वास दिलाउंदै संविधानको घोषणासँगै पद त्याग गर्ने प्रतिवद्धता दोहोर्याउनु भएको हो ।
उहाँले आफूलाई प्रधानमन्त्रीको पद र क्यान्सर रोगको पर्वाह नरहेको भन्दै मुलुकको चिन्ता रहेको दाबी गर्नुभयो ।
उहाँले संविधान जारी भएपछि शान्ति, स्थायित्व र लोकतन्त्रसँगसगैँ अगाडी जाने पनि विश्वास दिलाउनुभयो ।
कोइरालाले देश नयाँ ढंगबाट अगाडि जाने विश्वास पनि व्यक्त गर्नुभयो ।
बाढी–पीडितको सहयोगार्थ विभिन्न संघसंस्थाले दिएको चेक बुझ्दै कोइरालाले बाढी–पीडितका नाममा प्राप्त रकम दुरुपयोग हुन नदिने दाबी गर्नुभयो ।
वास्तविक पीडितलाई सहयोग पुर्याउने सरकारी योजना सुनाउंदै प्रधानमन्त्रीले बाढी–पीडितको नाममा प्राप्त सहयोगको दुरुपयोग गरेको पाइए सम्बन्धित व्यक्तिलाई दण्डित गरिने चेतावनी दिनुभयो ।















प्रतिक्रिया