काठमाडौं, १७ भदौ । संविधान निर्माणका सन्दर्भमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी दल एमाओवादीसहित ६ दलको बैठक अपरान्ह १ बजे बस्ने भएको छ ।
बैठकमा संविधानसभाको निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादी पनि संलग्न हुने छ ।
सर्वपक्षीय गोलमेच सम्मेलन गठन लगायतका माग उठाउँदै आएको नेकपा–माओवादीलाई समेत बैठकमा सहभागी गराएर सहमतिको प्रयास गर्ने सरकारमा सहभागी दलले बताएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले बोलाएको उक्त बैठकमा सरकारमा सहभागी दलहरु नेकपा एमाले, राप्रपा र नेकपा मालेका पनि शीर्ष नेता सहभागी हुने छन् ।
संविधान निर्माणको कार्यतालिका अनुसार आगामि ५ दिनमा विवादित विषयमा सहमति जुटाएर संविधानको पहिलो मस्यौदा सार्वजनिक गर्नु पर्ने हुन्छ ।
त्यही विषयमा केन्द्रित रहेर मंगलबारको छलफल अघि बढ्ने प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दियो ।















प्रतिक्रिया