२८ आश्विन २०८३, बुधबार

युएईमा कलाकारको बिदाई कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uae-badai

गीतामणि पाण्डे
युएई दुबई ।  लोक दोहोरी छेत्रका चर्चित गायक राजु ढकाल र गायिका देवी घर्ति मगरलार्इ स्याङ्जा  सहयोग समाज युएईले दुबईबाट बिदाई गरेको छ ।

नेपाली महिलाहरुको चाड हरितालिका तीजको अबसर पारेर प्रस्तुति दिन दुबई आएका कलाकारहरुलाई नेपाली रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरि बिदाई गरेको हो ।

uae-badai-2

कार्यक्र स्याङ्जा सहयोग समाजका अध्यक्ष राजु पाण्डेको सभापतित्व  र सस्थापक अध्यक्ष चन्द्र रोकाहाको प्रमुख आथित्यमा सम्पन्न भउको थियो ।
uae-badai-3

कार्यक्रमका संयोजक कृष्ण न्यौपाने अतिथि रहनु भएको थियो भने  एकेन्द्र थापा , भूपति न्यौपाने , बाबुराम विश्वकर्मा , भुपराज वश्याल र भिम श्रेष्ठसहितको अन्य  व्यवसायी र  बुद्धिजीवीहरुको उल्लेख्य उपस्थित रहेको थियो ।

कार्यक्रमका संयोजक कृष्ण न्यौपानेले बिदाई शुभकामना दिदै गायक राजु ढकाल र गायिका देवी घर्ति मगर लार्इ पाउउँदा  अति खुशी लागेको बताउँनु भयो ।