२८ आश्विन २०८३, बुधबार

कतारमा चेतनामुलक ३ लघु चलचित्र प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katar-3

घनश्याम पराजुली (कृष्ण)
दोहा  ।  आरम्भ नाट्य डबलीको प्रस्तुतीमा दोहास्थित टप र्फम रेष्टुरेन्टमा एक कार्यक्रमबीच तीन ओटा जनचेतना मुलक लघू चलचित्रको प्रदर्शन गरिएको छ ।

कतारका विभिन्न  दृश्य समेटिएका चलचित्रहरुमा कतारमा कार्यरत स्थानीय नेपाली कलाकारहरुले अभिनय गरेका हुन ।

प्रवासमा आएर नेपालीले भोगेका केही समस्याका बारेमा दर्शकहरुलाई जानकारी दिनका लागी लघू चलचित्र बनाईएको कार्यक्रममा  बताइएको थियो । पहिलो चलचित्र चोखो स्नेहमा कतारमा

कार्यरत  युवा युवतीहरुको माया–प्रितीका विषयलाई समेटिएको थियो ।

katar-2

उक्त चलचित्रमा दिपक पुरी र प्रतिमा श्रेष्ठको मुख्य अभिनय रहेको छ । क्यामारामा सरोज श्रेष्ठले साथ दिएका थिए भने निर्देशन प्रविन राईले गरेका हुन ।

त्यस्तै दोश्रो लघु चलचित्र बेसाहारालाई पनी सोही कार्यक्रममा प्रदर्शन गरिएको हो । यस चलचित्रमा बिदेशमा आउने युवाहरु उचित काम नपाएपछी विभिन्न ठाउमा जागिरका लागी भौतारिनु पर्ने अवस्थालाई गहन प्रस्तुत गरिएको छ ।
कतारको वातावरणले कामदारलाई पर्न सक्ने असर अनी दुःखका बेला साथीहरुबाट हुने घृणालाई स्पष्ट पार्न खोजिएको छ ।
यस चलचित्रलाई सन्त बम्जनले निर्देशन तथा सम्पादन गरेका हुन ।

यस लघु चलचित्रका निर्माता नारायण ढुङ्गाना  हुन भने कतारका स्थानिय नेपाली कलाकार कुन्दन क्षेत्री , रेन्बो श्रेष्ठ , नारायण ढुङ्गाना , सन्देश पौडेल , रबिन शर्मा , सुमन श्रेष्ठ , एलवी तिवारीलगायतको अभिनय रहेको छ ।

चलचित्रमा प्रस्तुत एक पंक्ति ‘आकाशमा उढ्ने चरीको न त कुनै आश हुन्छ न त कुनै वास हुन्छ’  लाई दर्शकहरुले रुचाए ।

अर्को लघु चलचित्र घुवाँलाई पनी दर्शक सामु देखाइयो । विशेषतः कतारमा आएर कुलतमा फस्ने नेपालीहरुलाई चेतना दिनका लागी बनाईएको चलचित्रले धुम्रपानको असरको बारेमा देखाउन खोजिएको छ  ।

katar-1

सन्त बम्जनको मुख्य अभिनय रहेको चलचित्रलाई प्रविन राईले निर्देशन गरेका हुन ।
कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञाषालाई प्रष्ट पार्दै तिनवटै चलचित्रका निर्देशक, र्निमाता , सम्पादक  तथा कलाकारहरुले आ आफ्नो भुमिका बताए ।

चलचित्रको मुख्य उद्धेश्य जनचेतना रहेको साथै आफुहरुले गरेको अभिनयका बारेमा दर्शकहरुको प्रतिक्रिया कस्तो आउछ भन्ने रहेको बताए ।

स्वदेशमा विभिन्न समस्यामा परि केही गर्ने उद्धेश्य बोकेर आउने नेपालीहरुले फेरी बिदेशमा आएर भोग्नु पर्ने पीडाबारे यर्थाथ चित्रण गर्न खोजिएको उनीहरु बताउँछन ।

कतारकोे कानुनी रुपमा हामीले खुल्ला रुपमा चलचित्रलाई  छायाङ्कन गर्न मिल्दैन तैपनी हामीले आ आफ्नो जिम्मेवारी निभाएको उनहिरुले बताए ।

अवका दिनमा अझै प्रभावकारी तवरबाट अघाडी बढ्ने सबै टिमले  जिकिर गरे । कतारको नेपाली समुदायबाट पनी उनिहरुको ठुलै अपेक्षा रहेको छ ।