३० आश्विन २०८३, शुक्रबार

पहिरो छल्दै भरिया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pahiroसिन्धुपाल्चोक, १७ भदौ । जुरेको पहिराले अरनिको राजमार्ग थुनेको छ । पहिरो गएको भीरबाट घरिघरि ढुंगा खसिरहन्छ । हिडा हिडै कुन बेला ढिस्को खसेर भारीसहित पुरिदेला भन्ने डर छ ।

तर यही पहिरो सिन्धुपाल्चोकका किसानका लागि एक महिनायता जीवनशैली बन्न थालेको छ । उनीहरू अस्तिसम्म किसानमात्रै थिए, जुरेको पहिराले उनीहरूलाई नयाँ पहिचान दिएको छ, भरियाको ।

पहिले अरू काम गरेर दैनिक पाँच सय रुपैयाँ मुस्किलले कमाउने स्थानीयबासी एक महिनायता भारी बोकेरै रोज तीन हजारसम्म बसाउन थालेका छन् । तर गाती( २ सिन्धुपाल्चोकका २८ वषय बिर्ख श्रेष्ठ भन्छन्, ‘यही पहिरोका कारण ९९ वटा घाटा खपिएको छ, एउटा नाफा आएर के गर्नु । कमाइ बरु घटोस्, हामीलाई बाटो आएकै ठीक छ ।’

गत साउन १७ को बिहान ३ बजे मांखा-५ र राम्चे-१ को सिमानास्थित जुरेमा गएको पहिराले १ सय ५६ स्थानीयवासीको ज्यान लिएको थियो । सुनकोशी नदी थुन्ने गरी खसेको यो पहिरोले धुस्कुन र टेकानपुर गाविसमा समेत असर पर्ने गरी कृत्रिम ताल त जमेकै छ, अरनिको राजमार्गसमेत थुन्दा तिब्बत आउजाउ गर्नेहरू प्रभावित भएका छन् । खासा हुँदै नेपाल छिर्ने चिनिया पर्यटकका भारी बाह्रबिसेदेखि खाडीचौरसम्म बोक्ने काम अहिले यी भरियाले पाएका छन् ।

बाह्रबिसे-४ का पूर्णबहादुर श्रेष्ठका अनुसार बाटो थुनिनेबित्तिकै दलालहरू सक्रिय भएका छन्, जसको काम चिनिया पर्यटकका गाइडसँग भरियालाई सम्पर्क गराइदिएर कमिसन खानु हुन्छ । ‘दुई सयदेखि पाँच सय रुपैयाँसम्म दलालले आफूसग राख्छ, आठ सयजति हामीलाई दिन्छ,’ पूर्णबहादुर भन्छन्, ‘गाइड नलिई टुरिस्ट आए भनेचाहिँ ३ हजारसम्म कमाउन सकिन्छ । तर हामीलाई टुरिस्टसँग सीधै भेट्न त दलालले के दिन्थे’

यी भरियाको दोस्रो प्राथमिकतामा मानसरोवरका भारतीय तीर्थालु हुन्छन् । जुरेको पहिरामा सकिनसकी उक्लिइरहेका तमिलनाडुका पर्यटक पछिपछि भरियाहरु हिडिरहेका भेटिन्छन् । कुनै कुनै पर्यटकले आउँदा जाँदाकै ज्यालामा सम्झौतासमेत गर्ने गरेको सुनाउँछन्, दाबी गाविसका तुलबहादुर श्रेष्ठ । ‘उनीहरू ट्रेकिङ आउने हुनाले पैसा धेरै दिन्छन्,’ भारी ४० किलोभन्दा कम हुन्छु उनी भन्छन् ।

हुन त पहिले एउटा सडक भएको ठाउँमा अहिले एकैसाथ दुइटा सडक बन्दैछन् । सेनाले टेकानपुरतर्फ वैकल्पिक ट्रयाक खोल्दैछ । सडक विभाग र स्थानीय भने पहिरोले पुरेको पुरानै बाटोमाथि एक्जाभेटर चलाउदैछन् । टेकानपुरको ओरालोमा भारी बिसाएर थकाई मारिरहेका भरिया भने यो ुदोहोरीु हेरेर चकित परेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । तुलबहादुर भन्छन्, ‘के नाटक गरेका होलान् १ दुवै मिलेर एउटै बाटो बनाउन जोडबल लगाएको भए यतिबेला हामीले भारी बोक्नै पर्दैनथ्यो ।’