२९ आश्विन २०८३, बिहिबार

अरुलाई पागल बनाउने फेसबुकका जन्मदाता जुकरबर्ग आफैंचाहिं किन फेसबुक चलाउँदैनन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mark-jukarbergकाठमाडौं, १६ भदौ । विश्वका कुरा छाडौँ । नेपालकै सन्र्दभको कुरा गर्ने हो भने अहिले अघिकाशं नेपालीको पारिवारिक ठाकठुकको पहिलो कारण सामाजिक सञ्जाल फेसबुक नै हुने गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक विश्वभर दिन प्रतिदिन यति धेरै लोकप्रिय बन्दै गएको छ की  श्रीमानका लागि श्रीमति र श्रीमतिका लागि श्रीमान भन्दा पनि फेसबुक प्यारो बन्न थालेको छ ।

फेसबुकका सकारात्मक पक्ष पनि उत्तिक्कै छन् । वर्षौंदेखि बिछोडिएका परिवारको पुनर्मिलन गराउनेदेखि विश्बका जुनसुकै कुनामा रहेका आफन्तसँग घण्टौ गफगर्न पनि यो गतिलो माध्ययम बनेको छ ।

पछिल्लो अनुमान अनुसार विश्वभरी करिब एक अर्ब भन्दा बढी मानिसले दैनिक फेसबुक चलाउँछन् । नेपालमा मात्र फेसबुक प्रयोगकर्ताको संख्या झण्डै २५ लाख छ ।

यस्तो अचम्मको चीजका बारेमा निक्कै रोचक जानकारीहरु पनि प्राप्त हुने गरेका छन् ।

पछिल्लो जानकारी अनुसार फेसबुकका जन्मदाता मार्क जुकरबर्ग आफैंचाहिं फेसबुक चलाउँदैनन् ।

अरुलाई पागल बनाउने फेसबुक संस्थापक आफैं किन फेसबुकबाट टाढा छन् ? यो अनोठो विषय बन्न गएको छ । संसारभर आफ्नो सन्देश पठाउन फेसबुकको प्रयोग हुन्छ ।

तर उनी आफ्ना पारिवारिक सदस्यलाई केही भन्नुपर्दा फेसबुकबाट होइन, जुकनेट म्यासेन्जर प्रोग्राम चलाउछन् ।

उनले वासिङ्टन पेष्टलाई केही समयअघि दिएको अन्तवार्तामा छटो खबर पुग्ने भएकाले सो म्यासेन्जर प्रयोग गर्ने गरेको बताएका थिए ।

अन्तवार्तामा उनले आफ्नो फेसबुक एकाण्ट भए पनि म्यासेज र भिडियो कुराकानीका लागि कहिल्यै प्रयोग नगर्ने गरेको बताएका छन् ।