एजेन्सी । हामी मानिसहरुको कुनै न कुनै कुरामा बढी तनाव हुनसक्छ । तर एक जना युवक छ, जसको लगाव उनको खास चिजप्रति यति थियो । जसका कारण उसले आफ्नै प्रेमिकाकै हातको धुलाई खानुपर्यो ।
डेलिमेल खबरमा छापिएको खबर अनुसार चीनकी एकजना युवती आफ्नो प्रेमीको आइफोन लगावप्रति एकदमै परेशान थिइन् ।
प्रेमिकासँगै हुदा पनि आइफोनमै झुण्डिइ रहेपछि अवस्था कस्तो होला ? प्रेमीको त्यस्तो हर्कत देखेपछि प्रेमिकाले फोन बन्द गर्न समेत भनेकी थिइन् ।
चीनको एक मेट्रोमा दुवैजना सवार थिए । प्रेमिकाले सवार मेट्रोमा फोन खोस्ने प्रयास समेत गरिन् । तर सफल हुन सकिनन् । यसरी आइफोन खोसाखोस भएर पनि प्रेमीले फोन नछाडेपछि प्रेमिकाले उनलाई लतार्न थालिन् ।
लतार्दा लतार्दै उनीहरु धेरै टाढासम्म पुगे । यतिमात्र नभई प्रेमिकाले प्रेमीलाई मेट्रो ट्रेनबाट घिसार्दै बाहिरसम्म लगिन् । यतिगर्दा पनि ती युवक आइफोन चलाउन र छाड्न तयार भएनन् ।
यसरी प्रेमी प्रेमिकाबीच भएको आइफोनबीचको भयानक लडाईको फोटोहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरलझै फैलिएको छ । आजको साँघु साप्ताहिकमा समाचार छ ।












प्रतिक्रिया