३० आश्विन २०८३, शुक्रबार

सत्तापक्ष-प्रतिपक्षको दुरी बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौं, १६ भदौ । संविधानका अन्तरबस्तुमा सहमति जुटाउने समयसीमा नजिकिदै गर्दा सत्तापक्ष र प्रतिपक्षबीच तिक्तता थप चर्किएको छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकै कारण सहमति निर्माणको काम अघि नबढेको र विगतका सहमति भत्किएको बताएका छन् ।

यसअघि दाहालले संसद अवरुद्ध गर्ने क्रममा कांग्रेस, एमालेका शीर्ष नेताहरुलेनै आफुसंग संविधान निर्माणको कार्यतालिका अनुसार काम नहुने बताइसकेको दावी गरेका थिए । उक्त सीमा भित्र विवाद समाधान नभएमा असोज मसान्त भित्र पहिलो एकीकृत मस्यौदा निर्माण गरी माघ ८ भित्र संविधान जारी गर्ने कार्यतालिकालाई पनि नकारात्मक प्रभाव पर्छ ।

‘उहाँ (दाहाल)को के कुरा गर्नु र ? पूर्व प्रधानमन्त्री नेपालले संवाददाताहरुसँग भने, ‘अहिले गिरिजाबाबु महान भन्नुहुन्छ, बाँचुन्जेल सुख नदिने उहाँ नै हो ।’ शान्ति सम्झौताको हस्ताक्षरकर्ताका रुपमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रशंशा गर्दै दाहालले सत्तापक्षले कोइरालाको लेगासी छोडेर सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका छन् । ‘यो त बाबु बाचुञ्जेल दुःख दिने, मर्ने बेलामा पानी खान नदिने छोराले मरेपछि रोइकराई गरेर श्राद्ध गरेजस्तो हो,’ नेपालले दाहालप्रति कटाक्ष गरे ।

कांग्रेस, एमालेले दुई तिहाईका आधारमा संविधान निर्माणको प्रक्रिया अघि बढाउन खोजेको भन्दै एमाओवादी सहितका प्रतिपक्षी दलहरुले रोष प्रकट गरेका छन् । सत्तापक्षले भने सहमतिका आधारमा माघ ८ गते भित्र संविधान निर्माणको कार्यतालिका चलाउन नहुने उल्लेखगर्दै तोकिएको समय सीमा भित्र सहमति नजुटेका विषयलाई प्रक्रियामा लैजाने प्रस्ताव गरेका छन् ।

संविधानसभा अध्यक्षको आयोजनामा आइतबार बसेको संविधानसभाका पाँचै समितिका सभापतिहरुको बैठकमा पनि सत्तापक्षका नेताहरुले भदौ २१ भित्र विवाद समाधान नभए प्रक्रियामा जानुपर्ने बताएका थिए । ‘निर्वाचनमा जाने हाम्रो पनि रहर होइन,’ संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिका सभापति विष्णु पौडेलले भने, ‘एक पटक कार्यतालिका परिवर्तन गर्दा उत्पन्न हुने चुनौती झेल्न गाह्रो हुन्छ । हामी सहमतिका आधारमै माघ ८ गते संविधान जारी गर्ने पक्षमा छौं ।’

संविधानसभाको कार्यतालिका अनुसार भदौ तेस्रो साता भित्र संबैधानिक राजनीतिक संवा तथा सहमति समितिले संविधानका अन्तरबस्तुमा सहमति जुटाईसक्नु पर्छ । तर दलहरुबीच राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणाली सहितको मुख्य विषयमा लेनदेन मिलेको छैन ।

एमाओवादी सहितका प्रतिपक्षी दलहरुले शान्ति र संविधानका विषयमा सहयोग पुर्‍याउनेगरी उच्च स्तरिय राजनीतिक समिति गठन गर्ने पुर्व सहमति कार्यान्वयन नगरेर कांग्रेस, एमालेले संविधान निर्माणको काम पनि संख्याका आधारमा अघि बढाउन खोजेको  आरोप लगाएका छन् ।

चार बुँदे सहमति कार्यान्वयनको मागगर्दै उनीहरुले आइतबार दोस्रो दिन पनि सदन अवरुद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी एमाओवादीले मधेश केन्द्रीत दलहरुको समेत साथ लिएर शुक्रबार देखि सदन अवरुद्ध गरेको हो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमारले कांग्रेस, एमालेले दुई तिहाईका अधारमा संविधान जारी गर्ने प्रक्रिया अघि बढाए आफुहरुलाई मान्य नहुने बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । ‘सहमतिका लागि हामी लचिलो हुन तयार छौ, एक मधेश एक प्रदेश हुन सक्दैन भनेर सबैभन्दा पहिले मैलेनै भनेको हुँ,’ गच्छदारले भने, ‘कांग्रेस, एमाले गलत दिशामा हिडेका छन् ।

यही रुपले माघ ८ गते संविधान जारी हुदैन । सहमति बिनाको संविधानले मुलुक चल्दैन ।’ २०४८ साता यता प्राय सबै सरकारमा मन्त्री रहेका गच्छदारले पटक, पटक सत्तामा रहेका ठूला दलहरुका कारण मुलुकका समस्या समाधान भएको आरोप लगाए ।