२८ आश्विन २०८३, बुधबार

चेपाङ संरक्षण केन्द्रलाई आर्थिक संकलन गर्न कतारमा अभियान शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Capang-chatwanहोमनाथ सापकोटा
रत्ननगर, १५ भदौं । चितवनको रत्ननगर–१० मा रहेको चेपाङ संरक्षण केन्द्र सञ्चालनका लागि कतारमा आर्थिक सहयोग संकलन अभियान शुरु भएको छ ।

आर्थिक अभावका कारण केन्द्र सञ्चालन गर्न कठिनाई भएको समाचार सञ्चारमाध्ययममा आएपछि वैदेशिक रोजगारीको शीलशीलामा कतारमा रहेका नेपालीहरुले अभियान शुरु गरेका हुन् ।

गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय समितिका गल्फ सह –संयोजक पूर्ण केसीको अनुरोधमा एनआरएन आइसीसी सल्लाहकार र एनआरएन एनसिसीको सहयोगमा
अभियान शुरु गरेको कतारबाट कृष्ण पराजुलीले जानकारी दिनुभयो ।

अभियानमा सहयोग गर्न कतारमा कार्यरत सहयोगीहरु, व्यवसायी, बुद्धिजीविहरुलाई आग्रह गरिएको गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय समितिका गल्फ सह–संयोजक पूर्ण केसीले जानकारी दिनुभयो ।

अभियानमा सहयोग जुटनेक्रम सुरु भएको र २ लाख आर्थिक सहयोग संकलन गरी केन्द्रलाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको केसीले बताउनुभयो ।

गैर आवासीय नेपाली संघले नेपालमा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । केन्द्रलाई सहयोग संकलनको लागि संघ मार्फत सबैमा आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।