२८ आश्विन २०८३, बुधबार

उद्योग मन्त्री थापा टर्कीमा आयोजित कार्यक्रममा सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karna-Thapa-In-Tarkiकाठमाडौँ । उद्योग मन्त्री कर्णबहादुर थापा टर्कीमा आयोजित इजमिर इन्टरनेशनल फियरमा सहभागी हुनुभएको छ ।

८३औं फियरमा सहभागी हुन मन्त्री थापा केही दिनअघि टर्की जानुभएको हो ।

टर्की सरकारको विज्ञान प्रविधि तथा उद्योग मन्त्रालयको आयोजनामा अगष्ट २९ देखि सेप्टेम्बर ७ सम्म फेयर सञ्चालन हुँदैछ ।

फियरमा सहभागी भएर मन्त्री थापाले नेपालका तर्फबाट धारणा राखेको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टर्कीका विज्ञान तथा उद्योगमन्त्री फिक्री इसिक र मन्त्री थापावीच उद्योग विकासका विषयमा पनि छलफल भएको छ ।