२८ आश्विन २०८३, बुधबार

टाउको नै कुच्चिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

head-chineses

चीनको झाओझी गाउँका ४६ वर्षीय हु थरका एक किसानको जीवनमा यस्तो विपत्ति आइलागेको छ, जसबाट उनको टाउको नै कुच्चिएको छ ।

ज्याला मजदुरीबाट जीवन चलाउँदै हु गत वर्षको अक्टोबरमा एउटा घरमा मजदुरी गरिरहेका वेला तीन तलाबाट खसेका थिए । त्यतिेबला उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

लामो समयको उपचारपछि टाउकोको आधा हिस्सा नै हटाउनुपर्‍यो भने दृष्टि र बोलीमा समेत असर परेको छ । यद्यपि चीनका डाक्टरले उनको कुच्चिएको टाउको मिलाउने बताएका छन् ।

सान्सी प्रान्तको जिजिङ अस्पतालमा डाक्टरले थ्रिडी–प्रिन्टिङ प्रविधिबाट बनेको ‘टिटानम इम्प्लान्ट’ भरेर उनको टाउको पहिलेकै जस्तो बनाउने भएका हुन् । एजेन्सी