३० आश्विन २०८३, शुक्रबार

रगत खोज्दाखोज्दै गयो गर्भवतीको ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sutkeriअछाम, १५ भदौ । रगत नपाउँदा रक्त अल्पताले थलिएकी बाजुरा जुगाडाकी २५ वर्षीया वसन्ती रोकायाको ज्यान गएको छ। उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएपछि पनि चाहिएजति रगत नपाउँदा बचाउन नसकिएको हो। वसन्तीको चारमहिने गर्भ पनि खेर गएको छ।

बिहीबार अछामको बयलपाटा अस्पताल ल्याउँदा वसन्तीको शरीरमा हेमोग्लोबिनको मात्रा चार थियो। तत्काल अस्पतालका सुरक्षा गार्ड र कर्मचारीबाट दुई पोका रगत निकालेर उनलाई दिइए पनि स्वास्थ्यमा सुधार आउन सकेन।

तीन सन्तानकी आमा वसन्तीलाई बचाउन पति नन्दबहादुर रोकाया र अस्पतालका स्वास्थ्यकर्मीले निकै प्रयास गरे। तर वसन्तीलाई आवश्यक पर्ने ुबीु पोजेटिभ समूहको रगत कतै भेटिएन। एकजना आफन्तको समूह मिले पनि उनले रगत दिन मानेनन्।

सबैतिर धाउँदा पनि रगत नपाएपछि नन्दबहादुरले गाउँबाट बी पोजेटिभ रगत भएका मान्छे पनि झिकाएका थिए। तर ती मान्छे बाटोमा आउँदै गर्दा अस्पतालमा शुक्रबार राति वसन्तीको ज्यान गयो। वसन्तीलाई आवश्यक पर्ने रगतको जोहो गर्न नसकेपछि ज्यान गएको अस्पतालका डा। विप्लव श्रेष्ठले बताए।

उनका अनुसार वसन्तीलाई रक्त अल्पताका साथै मुटुको समस्या पनि थियो। उक्त अस्पतालले रगतको मात्र ज्यानै न्यून भएको भन्दै शुक्रबार बिहान अन्यत्र लैजान रेफर गरे पनि आर्थिक अवस्था कमजोर भएकाले बाहिर लैजान नसकेको नन्दबहादुरले बताए।

अस्पतालका कर्मचारी र मृतकका आफन्तले दुई दिनसम्म बी पोजेटिभ समूहको रगत खोज्न निकै प्रयास गरे पनि नपाइएको अस्पतालका सिनियर अहेव तारामान कुँवरले बताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । रगत अभावमा ज्यान गुमाउने वसन्ती एक्ली गर्भवती होइनन्।

दुर्गम जिल्ला अछाम र बाजुरामा रगत अभावमा बर्सेनि थुप्रै गर्भवतीले ज्यान गुमाउने गरेका छन्। पोसिलो खानेकुरा खान नपाउने, सानै उमेरमा बिहे भएर बच्चा जन्माउने, धेरै बच्चा जन्माउने र जन्मान्तर कम हुनेजस्ता कारणले कतिपय महिला अकालमै ज्यान गुमाउन बाध्य छन्।