अर्जुन काफ्ले
मलेसिया । मलेसियाको शाहलमस्थित वुकितनागामा कार्यरत मकवानपुरका एक युवक शनिवार सुतेकै अवस्थामा मृत फेला परेका छन् ।
शुक्रवार खाना खाएर सुतेका मकवानपुर चुरियामाईका सोमबहादुर (श्रीष) मोक्तानको सुतेकै अवस्थामा मृत्यु भएको संगै कार्यरत उनका ज्वाईं जनम थिङ्गले जानकारी दिए ।
६ बर्ष अघि रोजगारीका सिलसिलामा मलेसिया आइपुगेका मोक्तान एक सिसा पसलमा कार्यरत थिए । उनी केही महिना अघि मात्र नेपाल पुगेर फर्किएका थिए । उनको शवलाई अस्पताल लगिएको छ । आवश्यक प्रक्रिया पु¥याएर नेपाल पठाइने जानकारी प्राप्त भएको छ । उनको नेपालमा एक छोरा र एक छोरी छन् ।















प्रतिक्रिया