२९ आश्विन २०८३, बिहिबार

प्रेम विवाह गरेका श्रीमानले गर्भवती बनाएर फरार भएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गर्भवती-स्त्री-के-लिए-घातक-है-वेरिकोज-वेन्स-की-समस्याधनगढी, १४ भदौ । डेरामा सँगै बस्दै आएका पतिले छोडेर फरार भएपछि अलपत्र परेकी सुनिता चौधरीले पति खोजीदिन माग गरेकी छन् ।

प्रेम विवाह गरेर दुई वर्षदेखि सँगै बस्दै आएका भारत, उत्तर प्रदेश, खिरी जिल्ला, पलिया बजारका शिवम दीक्षित २५ वर्षकी गर्भवती श्रीमति सुनितालाई एक्लै छाडेर फरार भएका हुन् ।

सीमापारी गौरीफाँटा बजारमा व्यापार गर्दै आएका श्रीमान् दुई हप्ताअघि धनगढीस्थित डेराबाटै आफूलाई छाडेर फरार भएको पीडित चौधरीले बताइन् ।

दीक्षित डेरामा कमाएर राखिएको नगद ४० हजार रुपैयाँका साथै खाना पकाउने एलपी ग्यास बेचेर फरार भएको बताइएको छ ।

कैलालीको साडेपानी गाविसमा माइती घर रहेकी चौधरीको बच्चा पाउने अवस्थामा पति फरार रहेपछि उनी थप समस्यामा परेकी छन् ।

घटनाका सम्बन्धमा त्रिनगर सीमा प्रहरी चौकी कैलालीलाई सीमा पारीको भारतीय प्रहरीसँग समन्वय गरी पीडित महिलाको समस्या समाधानको लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रमुख प्रहरी सहायक निरीक्षक कमला भट्टले जानकारी दिनुभयो । रासस