२८ आश्विन २०८३, बुधबार

भिक्षुको यौन दुर्व्यवहार म सुहागरातकी दुलहीझैँ मौन रहेँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puskar-shah-bookविश्व साइकलयात्री पुष्कर शाहको यात्रा स्मरण ‘संसारलाई साढे पाँच फन्को’को चर्चा छ ।  पुष्करले आगामी भदौ २१ बाट बजारमा ल्याउने तयारी गरेको उक्त पुस्तक भूपेन्द्र खड्काको सहलेखनमा तयार पारिएको हो । पुष्करले यो पुस्तकमा विभिन्न सस्मरणलाई बटुलेका छन् ।

यहाँ उनको पुस्तकमा थाइल्याण्डमा भिक्षुबाट आफूले भोग्नुपरेको यौन दुव्र्यवहारलाई समेटेको ‘थाइल्याण्डः होमो भिक्षु’ शीर्षकको लेख प्रकाशन गरेका छौँ ।

“पहिला नुहाएर आऊ ।”

पैँसट्ठी वर्षजतिका बूढा भिक्षुले मलाई पाखुरा समातेर बाथरूमसम्म पुर्‍याउँदै भने ।
“यु वेट, आई कम ।”, केटाहरुले भने र गए । मैले बुझेँ र ओके भनेँ ।

थाइल्यान्ड र लाओसको सिमाना कोनकेन पुग्न एकतीस किलोमिटर बाँकी रहँदा बीचबाटोमै रात पर्‍यो ।

यो ठाउँ वाङवाट रहेछ । म बाटोमा बास खोज्दै अलपत्र परेपछि केही थाई केटाले मलाई टुरिष्ट पुलिसकहाँ पुर्‍याइदिएका थिए । त्यो टुरिष्ट पुलिसले म बुद्धभूमि नेपालबाट आएको थाहा पाएपछि ती युवाहरुकै साथ पठाइदिए र म यी भिक्षुको आश्रममा आइपुगेँ । ती युवाहरु फर्किए ।

मैले नुहाएर निस्किएपछि भिक्षु बूढाले मलाई आफ्नो ओछ्यानमा बसाए । थाई भाषामा केके भन्दै अङ्कमाल गरे । “नेपान, नेपान” भन्दै गालामा गाला टाँसे । उनीहरु नेपाललाई ‘नेपान’ भन्दा रहेछन् । “चक्का यान” भन्दै हात र खुट्टाहरु समाते, बडो मुलायम तरिकाले । थाई भाषामा ‘चक्का यान’ भनेको साइकल रहेछ । पछाडि र्फकन लगाएर मेरो कमर, गर्दन, कुम सबैतिर छामे । लाग्यो,

उनी मेरो शारीरिक क्षमता अनुमान गरिरहेछन्, कसरी साइकल पेलेर नेपालबाट यहाँसम्म आइपुगेँ भनेर ।

छाम्दाछाम्दै उनको हात मेरो अण्डकोष र लिङ्गसम्म पुग्यो । मलाई अप्ठ्यारो लाग्यो । बाबुसमानका भिक्षुलाई केही भन्ने आँट पनि आएन । फेरि, बासको लागि शरण परेको मान्छे  !

केही बेरपछि अघिका केटाहरु फर्केर आए । साथमा एउटीकी दिदी पनि आएकी थिई ।

उसको नाम उकी । उनीहरुसँग थाई–अङ्ग्रेजी भाषामा निकै बेर कुराकानी भयो । यो चीजलाई अङ्ग्रेजीमा के भनिन्छ भनी तीनै जना आपसमा सोधासोध गर्थे अनि मसँग कुरा गर्थे ।

उकीले मलाई सोधी, “यु म्यारिड ?”

“हाफ म्यारिड, हाफ अनम्यारिड !”

मेरो उत्तरले केही बेरको सन्नाटापछि हाँसोको पर्रा छुटायो । अनि उकीले भनी, “एम नो म्यारिड ।”

ऊ मसँग विवाह गर्न तयार भएझैँ भई ।

साढे नौ बजेतिर भिक्षुले उनीहरुलाई जाने आदेश दिए ।

गोदामजस्तो एउटा ठूलो कोठा । उपहारजस्ता लाग्ने सामानले भरिएका छन् । भिक्षुलाई भक्तहरुले दान दिएका होलान् । त्यहीँबाट केही खानेकुरा निकालेर भिक्षुले मलाई दिए ।

थाइल्यान्ड त्यसै त गर्मीले सदाबहार राज गर्ने देश! त्यसमाथि गोदामको बास ।

साढे दश बजेतिर हामी सँगै एउटै पलङमा सुत्यौँ । हामीले पातलो लुगा ओढेर सुतेका थियौँ । एकाएक भिक्षुले मलाई च्याप्प समाते । कुनै युवकले युवतीसँग गाला जोडेझँै गरी “नेपान, नेपान” भन्दै म्वाइँ खान थाले । उनले विस्तारै मेरा अङ्गहरु सुमसुम्याउन थाले ।

मेरो लिङ्गमा हात पुर्‍याए । उनी मेरो लिङ्गलाई उत्तेजित बनाउने कोशिशमा लागे । त्रासले होला, मेरो लिङ्गले मानिरहेको थिएन ।

उनको चाहना मैले बुझिसकेको थिएँ । म अप्ठ्यारो र रिसको आवेगसँगै पसिनाले निथ्रुक्कै भएँ । तर, आफूमाथि भएको गलत कार्य र अन्याय सहनुलाई नै मैले उत्तम ठानेँ ।
म सुहागरातकी दुलहीझैँ मौन रहेँ । सहेँ । यसो सोचें,”यो पनि त जिन्दगीको एउटा नयाँ अनुभव हो ।”

फेरि अर्को मनले भन्यो, “होमो सेक्स घृणित कार्य हो । भए पनि समलिङ्गीबीच पो त स्वाभाविक हुन्छ ।”

रातको साढे एघार बजिसक्यो । म बबुरो यति बेला कहाँ गएर उजुरी गर्ने, कहाँ गएर विरोध गर्ने ! त्यहाँ बोले आहारा भेटेको बाघले झैं भिक्षुले मलाई झम्टने पक्कापक्की छ । विवशतालाई सहेँ चुपचाप ।

काम, क्रोध, लोभ, मोह सबै त्यागेर भिक्षु बनेका मान्छेको क्रियाकलापले मेरो मनमा धेरै प्रश्न उमार्‍यो । यौन चाहना सबैमा हुनु प्राकृतिक हो, स्वाभाविक हो । यो सामान्य कुरो पनि हो तर गुम्बाका भिक्षुहरुमा पनि यस्तो तीव्रता त्यागी होइनन् र उनीहरु ?  अनि कसरी गर्छन् तपस्या र बन्छन् नयाँ बुद्ध रु मेरो देशका गुम्बाका भिक्षुहरु पनि यस्तै छन् र ?