३० आश्विन २०८३, शुक्रबार

जुँगाको लडाइँले ‘भत्कँदै’ नयाँ संविधान निर्माण कार्यतालिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam_Bhattaraiकाठमाडौं, १४ भदौ । पहिलो संविधानसभा विघटनलगत्तै पोखरा पुगेर तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले ‘संविधानसभालाई प्रक्रियामा नलग्नु गल्ती भएको’ भन्दै जनतासँग माफी मागेका थिए।

भट्टराई अहिले संविधानका विवादित विषयमा सहमति जुटाउने समितिको अध्यक्ष छन्।

उनैले शुक्रबार पत्रकारसँग भने, ‘प्रक्रियामा गएर संविधान बन्न सक्दैन। कुनै पनि पक्षलाई माइनस गरी अघि बढ्न खोजे संविधान बन्दैन।’ भट्टराई मात्र हैन, उनको पार्टी एमाओवादी र मधेस केन्द्रित दल प्रक्रियामा जान नहुने भन्दै सहमतिको रटान लगाइरहेका छन्।

सहमति जुटाउने मुख्य जिम्मेवारीमा रहेको सत्तापक्षको ध्यान भने संविधान निर्माणमा केन्द्रित भएको पाइँदैन। पूर्वकार्यतालिका अनुसार संविधानका विवादित विषयमा सहमतिका लागि आठ दिन मात्र बाँकी रहेका बेला सत्तापक्षको एक घटक एमालेका जिम्मेवार नेता विदेश यात्रामा छन्।

सभामुख सुवास नेम्बाङले रोक्दा रोक्दै एमाले नेता माधव नेपाल चीनको मानसरोवर यात्रामा छन् भने अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार भारत गएका छन्।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्षकै कारण संविधान निर्माण कार्यतालिका भत्कन लागेको बताइसकेका छन्। राज्य पुनर्संरचना र शासकीय स्वरूपजस्ता महत्त्वपूर्ण विषयमा दलबीचको विवाद ज्युँकात्युँ रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।