२८ आश्विन २०८३, बुधबार

नेदरल्याण्डमा तीज कार्यक्रम भब्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nader-lands-2

नेदरल्याण्ड । नेदरल्याण्डमा बसोबास गर्ने नेपाली महिलाहरुले महिलाहरुको पर्व हरितालिका तीज भब्य  रुपमा मनाएका छन् ।

नेपाल विकास प्रतिष्ठान,  गैर आवासीय नेपाली संघ नेदरल्याण्डस् , नेपाली जनसंपर्क समिति, नेपाल समाज नेदरल्याण्ड्सलगायत विभिन्न संघ–संस्थाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपाल म्युजिक फाउन्डेनसनको आयोजना रहेको उक्त कार्यक्रम नेपाली संघसंस्थाबीचको सहकार्यलाई मजबुत बनाउँदै प्रवासमा रहेका नेपालीहरुमा भातृत्वको भावानालाई प्रर्वद्धन गर्ने उद्देश्य रहेको आयोजक संस्थाले जानकारी दिएका छन् ।

‘नेदरल्याण्डमा रहेका दोश्रो पुस्ताका गैर आवासीय नेपालीहरुलाई नेपाली संस्कृतिको पहिचान दिन र नेदरल्याण्डको नेपाली समुदायमा नेपालको प्रवद्र्धन गराउँन यस्तो कार्यक्रमको आयोजना गरिएको हो,’  नेपाल म्युजिक फाउन्डेसनका अध्यक्ष वर्षा खड्काले भन्नुभयो  ।
करिब तीन सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता वर्षा खड्काले गर्नु भएको थियो ।

कार्यक्रम संचालन फाउण्डेसनका उपाध्यक्ष सावी रिजाल र आयोजकको तर्फबाट स्वागत महासचिव आरके सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कला, संस्कृति र साहित्यलाई आफ्नो स्थानबाट अन्तराष्टि«यकरण गर्नका लागि सक्दो प्रयास गर्ने  प्रतिवद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले मातृभुमीबाट हजारौं कोष टाढा भएपनि नेपालमै बसेर तीज पर्व मनाएको अनुभूति गरेका थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ आइसीसीका सल्लाहाकार शशि पौडेल, एनआरएन नेदरल्याण्डसका अध्यक्ष कृष्ण अधिकारी, एनआरएन नेदरल्याण्डका निवर्तमान अध्यक्ष नारायण आर्चाय, आइसीसी सदस्य फणिन्द्र पन्त,  नेपाली जनसंपर्क समितिका अध्यक्ष दिपक रेग्मीको सहभागिता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा नेपाल म्युजिक फाउन्डेसन नेदरल्याण्डका संस्थापक अध्यक्ष शारदा बराइली, एनडीएफ नेदरल्याण्डका अध्यक्ष टिकाराम सापकोटालगायत नेदरल्याण्डका सबै नेपाली समुदाय, संघसंस्था तथा व्यक्तिहरुको उपस्थिती थियो ।
naderlands-1
नेपाल विकास प्रतिष्ठानका तथा एनआरएन आइसीसी सल्लाहाकार शशि पौडेलले कार्यक्रम अभुतपुर्व रहेको बताउनु भयो ।

नेपाल म्युजिक फाउन्डेसन नेदरल्याण्डस्का संस्थापक अध्यक्ष शारदा बराइलीले पुर्नगठित कार्यसमितिलाई खादा लगाई संस्थाको माइन्युट हस्तान्तरण गर्नु भएको थियो ।

समितिका कोषाध्यक्ष शरद जोशीले कार्यक्रमको आयव्यय विवरण यथाशिघ्र सार्वजानिक गर्ने बताउनु भयो । कार्यक्रममा भान्छाको संयोजन दिनेश रिजालले गर्नूभएको थियो ।