२९ आश्विन २०८३, बिहिबार

बढीको विनासः एक सय पचास परिवारको बस्तीमा ३५ परिवार मात्रै बाँकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur-mahakali-riverकञ्चनपुर, १३ भदौ । महाकाली नदीको बाढीले बस्तीमा कटान र डुवान पार्न थालेपछि कञ्चनपुरको दोधारा–९ कुतियाकभर पुरै गाँउ विस्थापनको सङ्घारमा पुगेको छ ।

एक सय पचास परिवार बस्दै आएको बस्तीमा ३५ परिवार मात्रै बाँकी रहेका छन् । बर्सेनि महाकाली नदीमा आउने बाढीले बस्तीमा कटान र डुवान पार्न थालेपछि अधिकांश परिवारले बस्ती छाड्न बाध्य भएको स्थानीय मीनबहादुर सुनारले बताउनुभयो ।

बाढीबाट विस्थापनमा परेका परिवारमध्ये केही आफन्तको शरणमा र केही बस्ती छाडेर परिवारसहित भारततर्फ पलायन भएका छन् ।

जोगबुडा पारी टापुका नामले चिनिने ५० बिघा क्षेत्रफलमा फैलिएका सो बस्तीमा बर्खायाम लागेपछि बाढीको त्रास फैलिने गरिएको छ ।

विक्रम संवत २०३९ देखि निरन्तर बाढी आउन थालेपछि १५० परिवारमा घटेर ३६ परिवार मात्रै  बस्तीमा बस्दै आएका छन् ।

बस्तीमा बस्दै आएका अधिकांश परिवारको जग्गासमेत नदीले कटान गरेर बगाउन थालेकाले उनीहरूलाई कुन ठाउँमा गएर बस्ने भन्ने चिन्ताले पिरोलेको छ । रासस