३० आश्विन २०८३, शुक्रबार

चीनले भन्यो, ‘पश्चिमाले भनेजस्तो मात्र प्रजातन्त्र होइन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinese-Ambassadorकाठमाडौं, १३ भदौ । चिनियाँ राजदूत ऊ छुन्थाईले नेपालका लागिमात्र नभएर यस क्षेत्रकै विकासका लागि एसिया र युरोप जोड्ने २१ औ शताब्दिको रेशमी मार्ग (सिल्क रोड) मा आवद्ध हुन सरकारलाई आह्वान गरेका छन् । चिनियाँ राष्ट्रपति सि जिङपिङले अघि बढाएको विकासको मोडेलमा यस क्षेत्रको विकासको आधारशिलाका रूपमा २१ औ शताब्दीको रेशमी मार्ग (सडक) तथा मेरिटाइम रेशमी (सामुद्रिक) मार्गमा सामेल भई आर्थिक स्थिति माथि उठाउन राजदूतले नेपाललाई आग्रह गरेका हुन् ।

नेपाल(चीन समसामयिक अध्ययन परिषद्ले चिनियाँ प्राध्यापक ली छिग्वाङको पछिल्लो चीनको विश्व परिवेश र नीतिसम्बन्धी प्रवचन कार्यक्रममा चिनियाँ राजदूतले छिमेकलाई चीनले उच्च महत्व दिएको राखेको स्पष्ट पार्दै जसरी चिनियाँहरू चीनको सपना साकार पार्न लागिपरेका छन्, त्यसरी नै नेपाली नागरिक पनि नेपालको विकासमा र भविष्यका लागि निरन्तर अघि बढिरहेको विश्वास व्यक्त गरे ।

चीनले छिमेकीहरुप्रतिको आफ्नो नीति सार्वजनिक गर्ने क्रममा २१ औं शताब्दीको विकासका लागि भन्दै रेशमी मार्गको अवधारणा ल्याएको छ । चीनले सबै छिमेकीसँग विन-विन नीतिको आधारमा सम्बन्ध विस्तार गर्दै आएको उनले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । चीन सवल र समृद्ध समाजका लागि आफ्नै मोडलमा अघि बढेको बताउँदै राजदूत उले भने, ‘नेपाली जनता पनि नयाँ संविधान बनाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउन आफ्नै मोडलमा लागि परेका छन । हामी विश्वस्त छौ नेपाली जनताको विकासको सपना साकार हुनेछ ।’

चीनले आफ्नोसँगै छिमेकको विकासमा पनि ध्यान दिदै यस्ता क्षेत्रीय अवधारणा बाहिर ल्याएको हो । वर्तमान सरकारको नीतिमा छिमेकी मुलुक प्राथमिकतामा रहेकोसमेत उनले स्पष्ट पारे । सन् २०२० सम्म चीन आधुनिक र समृद्ध समाजमा अग्रणी हुने बताउँदै उनले भने, ‘सभ्य, समृद्ध, आफ्नै खालको प्रजातान्त्रिक र हार्दिकताको आधुनिक सामाजिक मुलुकको अवधारणामा चीन अघि बढेको छ । सफल हुने विश्वासमा काम अघि बढेको छ ।’

उनले नेपाल प्राकृतिक स्रोत र साधनले धनी मुलुक हो भन्दै चीनले नेपालमा आफ्नो क्षमता र आर्थिक लगानीमा जोड दिने बताए । ‘नेपालसित सहकार्य गर्न चीन तयार छ । यो वर्ष भएको सहकार्य हेदर नेपालसंग धेरै गर्न सक्ने अवस्था छ । खासगरी पर्यटन र नागरिक उड्डयनमा धेरै काम यो वर्ष भएको छ । नेपाल चीन सम्बन्धको सहकार्यमा यसलाई सानो उदाहरणको रुपमा लिन सकिन्छ’ उनले भने ।

प्रवचनमा प्राध्यापक ली छिग्वाङले पश्चिमाहरूले भनेको जस्तोमात्र प्रजातन्त्र नहुने बताए । उनले पश्चिमा मुलुकहरूमा अभ्यासमा रहेको प्रजातन्त्रले आन्तरिक विवाद भित्र्याएको दाबी गर्दै त्यस्तो अभ्यास ओरालो लागेको विभिन्न उदाहरण र आर्थिक सूचकांकसमेत प्रस्तुत गरेका थिए । पश्चिमाले जे भन्छन् त्योमात्र प्रजातान्त्रिक अभ्यास हो भन्न नमिल्ने बताउँदै उनले भने, ‘चीनको आफ्नै खालको विकास मोडल छ । प्रजातन्त्र छ । समाजवादभन्दा पनि जनताको विकासमा नै चीनले जोड दिएको छ ।’

चिँगहवा विश्व विद्यालयका प्राध्यापक लीले सबै मुलुकको आफ्नै खालको विकास प्रणाली हुने बताउँदै प्रजातन्त्रको नाममा सबै पक्ष खुला छाडेर विकास प्रक्रिया अघि बढाउन नसकिने दाबी गरे । विकासको प्रक्रियामा जाने मुलुकले यस्ता विषयमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो । चाररपाँच वर्षमा परिवर्तन हुने सरकारले गर्ने काम भरपर्दो नहुने उल्लेख गर्दै उनले नयाँ मोडलमा विशेष ध्यान दिन जरुरी रहेको समेत बताए ।

उनले पश्चिमाको बारेमा आफू धेरै बोल्न नचाहने बताउँदै भने, ‘चीन राजनीतिलाई विकासका रुपमा अघि बढाउन चाहन्छ, राजनीतिकलाई विवादमा लैजान चाहँदैन ।’ दिगो विकासका लागि सरकार परिवर्तन भइरहने र प्रजातन्त्रको नाममा भएको विश्व राजनीतिबाट चीन टाढा रहेको र आफ्नै मोडलमा सक्षम रहेको बताउँदै उनले विश्वले यही मोडलालाई विस्तारै अवलम्वन गर्ने दाबी गरे । उनले पनि नेपालको विकासको लागि एसिया र युरोप जोड्ने सिल्क रोड अपरिहार्य रहेको बताए ।

अर्थमन्त्री रामशरण महतले चीनको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताउदै सुन्य विकासबाट थोरै समयमा चीन कहा पुगेको हामीले सोच्नुपर्ने समय भएको बताए ।

यहाँ भएको निरन्तरको सरकार परिवर्तन र राजनीतिक उतारचढावले विकासको प्रक्रिया राम्ररी अघि बढ्न नसकेको उनले बताए । संविधान लेखन कार्य सम्पन्न भएपछि नेपालको विकास प्रक्रिया पनि द्रुत रुपमा अघि बढ्ने विश्वास महतको थियो ।

नेपालले दुवै छिमेकी मुलुकसँगको सम्बन्धबाट नै विकासको मोडल तय गर्ने हो भन्दै उनले भने, ‘नेपालको अवस्था साह्रै ने निराशाजनक नरहेको र छिटो विकासमा फडो मार्न सक्नेमा दुई मत छैन ।’