२८ आश्विन २०८३, बुधबार

एनआरएनए कतारको परिषद भेला आगामी ५ सेप्टेम्बरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrna-ncc-qatarघनश्याम पराजुली (कृष्ण)
दोहा (कतार) ।  गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद् कतारको तेश्रो परिषद् भेला आगामी ५ सेप्टेम्वरका दिन दोहाको न्यू सलातास्थित अल अरविक स्पोट्स क्लवको सभाहलमा  हुने भएको छ ।

संस्थाको निर्देशिका बमोजिम हरेक ६ महिनामा परिषद् भेलागरी संस्थाले सम्पन्न गरेका गतिविधिहरुको समीक्षा र अनुमोदन गर्नुपर्ने हुन्छ । सोही दिन भेला बिहान ८ बजेबाट सुरु हुने एनआरएनए कतारले जनाएको छ ।

त्यसैगरी एनआरएनए कतारले आयोजना गरेको एनआरएन कप फुटबल प्रतियोगिताका खेलहरुको नयाँ समय व्यवस्थापन गरिएको छ । आज बेलुका ८ बजेबाट शुरु हुने प्रतियोगिताको उद्घाटन कार्यक्रम १ घण्टा अगावै गरिनेछ ।

उद्घाटन कार्यक्रममा नेपाली दुतावास कतारका कार्यवाहक राजदुत गणेश प्रसाद ढकाल ,कतारको आन्तरिक मामिला मन्त्रालयका प्रतिनिधी, कतार फुटबल एसोसिएसन तथा अल अरवी क्लवका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने एनआरएन कतारले जानकारी दिएको छ ।

प्रतियोगिताको नयाँ तालिका अनुरुप पहिलो चरणको खेल आज ८ बजेबाट , २९ अगष्ठका दिन बिहान ७ बजे र बेलुका  ५ बजेबाट, ४ सेप्टेम्बरका दिन बेलुका ८ बजेबाट, दोश्रो चरणको खेल ५ सेप्टेम्वरका दिन बिहान ७ बजे र बेलुका  ५ बजेबाट सोही दिन क्वाटर फाईनलको खेल बेलुका ६ बजेबाट शुरु हुनेछन ।
सेमी फाईनल १२ सेप्टेम्बरका दिन दिउसो ४ बजेबाट र तेश्रो स्थानका लागी सोही दिन अ‍ेल हुने छ भने फाईनल खेल १९ सेप्टेम्बरमा हुनेछ ।

सबै खेलमा उत्कृष्ट खेल प्रदशन गर्ने एक जना खेलाडीलाई ग्लोबल आईएमईको तर्फबाट ट्रफी प्रदान गरिनेछ ।

खेललाई एनआरएनए अभियानका बरिष्ठ व्यक्तित्वहरुले पर्यवेक्षण गर्नेछन ।

पर्यवेक्षकको रुपमा टिबी कार्की, पुर्ण केसी, देवकारी डंगोल, नरेन्द्र भाट, अमृत गुरुङ्ग, उमेश अधिकारी , रामहरी गैरे, सागर नेपाल, बद्री पाण्डे, अजिजुर रहमान शेख, राजि डंगोल, कमलमणी गुरागाई, बिल गुरुङ्ग र राजेश दर्शन अर्याल रहेका छन ।

खेलाडीहरुको मुल्याङ्गकन आईसीसी सदस्य अमृत गुरुङ्गको संयोजकत्वमा गठित समितीले गर्नेछ । प्राविधिक संयोजक बुद्ध गुरुङ्ग र स्वयंसेवक परिचालन दिपक खड्काले गर्नेछन ।