२८ आश्विन २०८३, बुधबार

जनसम्पर्क समिति भर्जिनियाले बाढी पीडितका लागि आर्थिक सहयोग जुटायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

flag-nccविजय थापा
भर्जिनिया । नेपाल अधिराज्यभरी बाढी–पहिरोका कारण धन–जनको भीषण क्षतिप्रति मानवीय सहायता गर्ने पवित्र उदेश्यले नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाले १ लाख १ हजार आर्थिक सहयोग गर्ने भएको छ ।

उक्त रकम कार्यकारी समितिका सदस्यहरुबाट उठाइएको समितिले जनाएको छ ।

नेपाली कांग्रेसले काठमाडौँको बाढी पीडितको लागि खोलिएको राहत कोष अन्तर्गत नेपाल बैंक लिमिटेडको खातामा जम्मा हुने गरि पठाउने निर्देशन समेत समितिले दिइसकेको भर्जिनिया शाखाले जानकारी दिएको छ ।

‘आपत र बिपत अवस्थामा परदेशमा बसेका हामीले धेर–थोर सहयोग गर्न सक्छौ भन्ने सन्देश दिन यस्तो सहयोग गरेको हो,’ समितिका अध्यक्ष राम रण हुमागाईले भन्नुभयो ।

उहाँले सहयोग गर्ने सम्पूर्ण कार्यकारी समितिका सदस्यहरुलाई धन्यवाद दिनुभयो ।

‘हामी बीपीको आदर्श र सिद्धान्तप्रति आस्थावान र कर्तब्यनिष्ठ छौँ,’ उहाँले भन्नुभयो, ‘त्यही कारण हामी मानवीय तथा सामाजिक सेवा गर्न त्यति नै अग्रसर छौ  । ’