२८ आश्विन २०८३, बुधबार

सात पर्वतारोही महिलालाई न्यूयोर्कमा सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

emage-2

न्यूयोर्क । विश्वका सात महादेशका सात उच्च हिमशृंखला आरोहणमा निस्किएका सात नेपाली महिला टोलीलाई न्यूयोर्क शहरमा सम्मान गरिएको छ  ।

महिला समानता दिवसको अवसर पारेर न्यूयोर्क शहरको सिटी काउन्सिल हलमा आयोजित एक विशेष कार्यक्रममा सिटी काउन्सिलकी स्पीकर (सभामुख ) मेलिस्सा मार्क भिभेरितो र काउन्सिलका सदस्य डानियल ड्रोमले टोलीको सम्मान  गरेका हुन् ।
emage-3

सिटी काउन्सिलका सदस्य डानियल ड्रोमको विशेष सक्रियता र नेपाल अमेरिका पत्रकार संघ नेजाको समन्वयमा सम्मान गरिएको हो  ।

सम्मान कार्यक्रममा काउन्सिल सदस्य ड्रोमलगायत अन्य सदस्यहरुको पनि उपस्थिति थियो  ।

सम्मानस्वरुप महिला टोलीलाई स्पीकर भिभेरितोले शहरका तर्फबाट तयार पारिएको एक विशेष सम्मान पत्र emage-4प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सिटी काउन्सिलका सबै निर्वाचित सदस्य र कार्यरत् कर्मचारीहरुले नेपाली महिलाहरुको महत्वका साथ सम्मान गरिएको बताए ।

शहरका तर्फबाट प्रदान गरिएको सम्मानपत्रमा शताब्दीयौंदेखि महिलाहरुले पुरुषहरुको तुलनामा निकै असमानता भोग्नु परेको उल्लेख गरिएको थियो ।

‘सात सहासी महिलाहरुको समूहको टोलीले अतुलनीय उपलब्धि हाँसिल गरेर विश्वका बाँकी महिला र पुरुषहरुलाई प्रेरणा र प्रोत्साहन प्रदान गरेको छ,’  सम्मान पत्रमा उल्लेख छ ।

सम्मान कार्यक्रममा सहभागी सबैले सात जना महिला आरोहीको साहसको प्रशंसा गरेका थिए ।

सम्मान कार्यक्रममा सिटीका काउन्सिल सदस्य डानियल ड्रोम, आरोहण टोलीकी संयोजक शैली बस्नेत, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष गौतम दाहाल र स्थानीय समुदायको तर्फबाट सुवास लामाले छोटो मन्तव्य समेत व्यक्त गर्नुभएको थियो ।

emage-5

काउन्सिल सदस्य ड्रोमले महिला टोलीको यस्तो साहसिक कार्यको सम्मान गर्न पाएको भन्दै टोलीको प्रशंसा गरेका थिए  ।

नेजाका अध्यक्ष गौतम दाहालले न्यूयोर्क सिटी काउन्सिलका तर्फबाट यसरी गरिएको विशेष सम्मान सम्पूर्ण नेपालीका लागि गौरव हो भन्दै सहभागी नेपाली समुदायका अगुवाहरुको परिचय समेत दिलाउनु भएको थियो ।   ्र
अध्यक्ष दाहालले संस्थाका निवर्तमान अध्यक्ष एवं वर्तमान कार्य समितिका सल्लाहकार आङछिरिङ शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली पत्रकार भएको समेत सिटी काउन्सिलको कार्यक्रममा जानकारी गराउनु भयो ।

आरोहण दलकी संयोजक शैली वस्नेतले अमेरिकाको न्यूयोर्क काउन्सिलको तर्फवाट गरिएको सम्मानले आफूहरुलाई उत्साहित वनाएको धारणा व्यक्त गर्नुभयो ।
यसरी सम्मानित हुने आरोहीहरुमा शैली बस्नेत ,माया गुरुङ, आशाकुमारी सिंह, पेमा डिकी शेर्पा, पूजन आचार्य, चुनु श्रेष्ठ र निमा डोमा शेर्पा रहेका थिए ।
कार्यक्रममा नेजाका तर्फबाट अध्यक्ष गौतम दाहाल, महासचिव भोला आचार्य, पूर्वी क्षेत्रीय संयोजक भुपेन्द्र थापा र कार्यकारी सदस्यद्वय मधुकार अधिकारी र तेम्बा दोङ्ग्वा ह्योल्मो सहित सल्लाहकार आङछिरिङ शेर्पा र सदस्य निमा पाख्रिन सहभागी हुनुहुन्थ्यो ।
IMG-1

स्थानीय समुदायका अगुवा प्रतिनिधिहरुमा डाक्टर तारा निरौला, एनआरएन आइसीसीका डेपुटी रिजनल कोर्डिनेटर सोनाम लामा, नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समिति, अमेरिका पूर्व अध्यक्ष आनन्द विष्ट, नेपाल जनजाति आदिवासी महासंघ, अमेरिकाका अध्यक्ष लुईसाङ्ग वाइबा र अर्का सामाजिक अभियन्ता सुवास लामा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा नेजाका निवर्तमान अध्यक्ष समेत रहेका सगरमाथा आरोही पहिलो नेपाली पत्रकार आङछिरिङ शेर्पाले आफ्नो हिमाल आरोहणका क्रममा तयार गरेको वृतचित्र प्रदर्शन गर्न नेजालाई जिम्मेवारी दिनु भएको थियो ।

वृतचित्र प्रदर्शनीबाट संकलित हुने सम्पूर्ण रकम पर्वतारोहण टोलीलाई सहयोगार्थ प्रदान गरिने जनाइएको छ ।