३० आश्विन २०८३, शुक्रबार

बद्नामी कमाउँदै गुप्तचर विभाग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Guptacharकाठमाडौ, १२ भदौ । सरकारलाई सूचना संकलन गरेर सहयोग गर्ने निकायका अधिकारीहरु नै घुस काण्डमा मुछिन थालेपछि उनीहरुकै गतिविधिमाथि निगरानी सुरु भएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका केही अधिकृत नै अवैध धन्दामा लागेको भन्दै गृह मन्त्रालयले विभागका अधिकृतहरुमाथि निगरानी सुरु गरेको हो ।

सरकारले विशेष सूचना संकलन गर्न सरकारलाई आइपर्ने संकट तथा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधिबारे जासुसी गर्न खडा गरिएको संस्थाका अधिकारीहरु नै घुस काण्डमा पक्राउ पर्न थालेपछि उल्टै उनीहरुको गतिविधि शंकास्पद रहेको मन्त्रालयले ठहर गरेको छ ।

विभागका कर्मचारीहरु पटक पटक विभिन्न बहानामा पक्राउ परेपछि उनीहरुको विषयमा मन्त्रालयले विशेष निगरानी राख्न थालेको हो ।

‘अनुसन्धान विभागको काम–कारबाही चित्तबुझ्दो नभएको होइन, कर्मचारीहरु पनि गुप्तचरीको नाममा बदनाम हुन थालेका छन्, नेतृत्व पनि मुछिन थालेको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

केही दिनअघि मात्र न्युजिल्याण्ड जान लागेका एक दम्पतीसँग ७५ हजार घुस लिँदालिदै राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकृत पक्राउ परेका थिए भने केन्द्रीय अनुसन्धान ब्युरोले पनि एक सूचकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका दुवै अधिकृत विभाग प्रमुखले रुचाइएका र उनीनिकट रहेको तथ्य खुलेपछि गृहले निगरानी सुरु गरेको समाचार आजको राजधानी दैनिकले छापेको छ । यसअघि पनि गुप्तचर विभागका कर्मचारीका नाममा विभागले बदनामी ब्यहोरिसकेको छ ।