२८ आश्विन २०८३, बुधबार

तेन्जी शेर्पालाई सभासदका लागि शिफारिस गर्न एमाले यूएईको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tanzyत्रिलोचन कोइराला
यूएई  । संविधानसभाको  २६  सभासद  मनोनयनमा तेन्जी शेर्पाको नाम शिफारिस गर्न  नेकपा (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्च यूएईले एमालेसँग आग्रह गरेको छ   ।
मञ्चको गत शुक्रवार बसेको पाचौं बैठकले एनआरएनका पूर्व महासचिव समेत रहनुभएका  शेर्पालाई आफ्नो पार्टीको तर्फबाट संबवधानसभा सदस्य बनाउन केन्द्रलाई शिफारिस  गर्न आग्रह गरेको हो ।

शेर्पा एनआरएनको गत वर्ष काठमाडौँमा सम्पन्न छैठौं  विश्व  सम्मेलनमा अध्यक्षको उम्मेदवार समेत बन्नुभएको थियो ।
शेर्पाले  एमाले निकट रहेर सम्पूर्ण   प्रवासीहरुको  हकहितका लागि  भूमिका खेल्दै आएको प्रवासी नेपाली मञ्च यूएईले ठहर गरेको छ ।

मञ्चले प्रवासमा रहेका लाखौं प्रवासी नेपालीहरुको प्रतिनिधित्व वर्तमान संविधानसभामा हुनुपर्ने कुरामा जोड दिंदै शेर्पालाई सभासद बनाउन पार्टी केन्द्रलाई दबाब दिएको हो  ।

‘प्रवासी नेपालीहरुको हकहित र सुरक्षाको पक्षमा लामो समयदेखि कृयाशील तथा एनआरएन अभियान अन्तर्गत नेपालीहरु रहेका विश्वका अधिकांश मुलुक भ्रमण गरी प्रवासी नेपालीहरुको सम्बन्धित स्थानीय समस्याहरुलाई नजिकबाट बुझेका र प्रवासी नेपालीहरुको पक्षमा जहाँ जस्तोसुकै अवस्थामा पनि वकालत गर्न सक्ने खुबी शेर्पामा भएको  मञ्चको बुझाई छ,’ मञ्चका महासचिव उत्तम अधिकारीले भन्नुभयो ।

यसअघि शेर्पालाई सभासद बनाउनका लागि एमाले सोलुखुम्बु तथा कोरिया एमालेले शिफारिस गरेका थिए ।