२८ आश्विन २०८३, बुधबार

एमाले उप–महासचिव भुषाल कोरिया आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghanashyam-Bhusalअर्जुन बराल
दक्षिण कोरिया । नेकपा एमालेका चर्चित युवा नेता एवंम उपमहासचिव घनश्याम भुषाल कोरिाय आउने निश्चित भएको छ ।

‘संसारभरिका प्रवासीहरु एकजुट होऔँ’ भन्ने मुल नाराका साथ स्थापित प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर ९ तारिखका दिन हुने ‘संवृद्ध नेपाल निर्माणमा हाम्रो भुमिका’ विषय अन्तरक्रियामा भाग लिन उहाँ आउन लाग्नु भएको हो ।

एमालेभित्रै बैचारिक नेताको पहिचान बनाउँन सफल युवा नेता भुषालले गोष्ठीमा प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुहुने छ ।

नेपाली समाजको वर्ग विश्लेषण,  दलालपुँजीपति वर्ग, राष्ट्रिय पुँजीपति वर्ग, मध्यमवर्ग, श्रमजीवि वर्गलगाएतको राम्रो चिरफार गर्न सक्ने क्षमता राख्ने नेता भुषालको उपस्थिति रहने कार्यक्रममा सबै प्रवासी नेपालीलाई उपस्थितिको लागि प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले हार्दिक निमन्त्रणा गरेको छ ।