२८ आश्विन २०८३, बुधबार

सिन्धुपाल्चोक समाज यूएईको तीज कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sandupalchok-uae
उत्तम अधिकारी

यूएई  । सिन्धुपाल्चोक सेवा समाज यूएईले दुबईको जाबिल पार्कमा जिल्लावासी चेलीबेटीलाई दर खुवाउदै मनोरन्जनात्मक तीज कार्यक्रम सम्पन्न गरेको छ ।

२२ अगस्तका दिन तीज मनाउन जाबिल पार्कमा जम्मा भएका जिल्लावासी महिलाहरुलाई संस्थामा पदाधिकारी तथा सदस्यहरुले तीजको दर खुवाएका थिए ।

उक्त अवसरमा रंगिन सारी चोलो र रंगीचंगी चुराहरुमा सजिएका चेलीहरुले तीजका गीतमा कम्मर मर्काई–मर्काई नाचेका थिए ।

केही महिना अघि मात्र स्थापना भएको उक्त समाजको यो पहिलो खुल्ला औपचारिक कार्यक्रम हो ।

यूएईमा रहेका सिन्धुपाल्चोकवासीहरुलाई एकजुट गराउदै समाजलाई शसक्त बनाउदै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष बिदुर न्यौपाने जानकारी दिनुभयो ।

कार्यक्रममा बिभिन्न किसिमका साँस्कृतिक प्रस्तुतिहरु देखाइएको थियो । समाजका अध्यक्ष न्यौपाने, उपाध्यक्ष दिपक राउत, सचिव मनोज नेपाल लगायतका पदाधिकारी तथा सदस्यहरु कार्यक्रम सफल लागि परेका थिए ।