२८ आश्विन २०८३, बुधबार

भर्जिनियाको मनाससमा यसरी मनाइयो तीज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manasas-Nepali2

विजय थापा 

भर्जिनिया । हरितालिका तीज अमेरिकाको भर्जिनिया राज्यको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ ।

​निरन्तर ५ बिगत बर्षदेखि चेलीबेटीहरुलाई दर खुवाउने गरेको आयोजकले बताए । मातृभुमि छाडी परदेशमा रहेका दिदीबहिनीहरुलाई माइतीकै जस्तै वातावरण बनाउनुको साथै तीजका मिठा गीत तथा सांगीतिक माहौल तयार गरि महिलाहरु स्वतस्फूर्त रुपमा सहभागी गराई कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सक्रिय मधु पन्थीले दिए ।

कार्यक्रममा बच्चा, बृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरुको उपस्थिति रहेको थियो भने बिभिन्न शहरबाट महिलाहरु सहभागी भएका थिए । महिलाहरुले खुशी लागेको ब्यक्त गर्दै नाच गानमा खूब रमाएर भाग लिएका थिए ।

manasas-Nepali

संस्थाका अध्यक्ष सागर कंडेलले सबैलाई उपस्थित जनाइदिएकोमा धन्यबाद दिएका थिए । समाजबाट आफूलाई व्यापक सहयोग भएको र सौजन्य समेत प्राप्त भएकोमा सबै सहयोगीहरुलाई पनि उनले धन्यबाद दिएका थिए ।

तीजको उपलक्ष्यमा सबैलाई नि: शुल्क दर खुवाइएको थियो । कमल भट्टराईले कार्यक्रमको लागि निक्कै मेहनत गर्नु परेको भन्दै यो हाम्रो लागि सौभाग्य हो, भने ।

डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जनघनत्व बृद्धिसंगै बिगत भन्दा कार्यक्रममा निक्कै बाक्लो उपस्थिति रहेको थियो । संस्थाको तर्फबाट नेपालमा भएको बाढी पीडितहरुको लागि पन्ध्र सय डलर नेपाल पठाइसकेको जानकारी कमल भट्टराईले दिए । आगामी बर्षहरुमा पनि यसलाई निरन्तरता दिने जानकारी सक्रिय सदस्य पदम रेग्मीले जनाए ।