चौतारा, ९ भदौ । सिन्धुपाल्चोकको मध्यपूर्वी क्षेत्र वराम्ची गाउँ विकास समितिमा सोमबार मध्यान्ह गएको पहिरोमा परी चारको मृत्यु भएको छ ।
वराम्ची–१ खमारेबाट आएको पहिरोमा परेर डम्बरबहादुर थापा, महादेव थापा, शेरबहादुर थापा र गणेशकुमारी थापाको घटनास्थलमा नै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
सुनकोशी पहिरोको निरक्षणमा आएका अर्थमन्त्री रामशरण महतलाई पहिरोको जानकारी गराउँदै गर्दा फेरि पहिरोले चारको मृत्यु भएपछि प्रजिअ सहितिको टोली अहिले घटनास्थलमा पुग्दैछ । मृतकहरुको उमेर खुलेको छैन । घरमा नै बसिरहेको बेला पहिरोले परेको स्थानीयको भनाइ छ । अन्य विवरण आउन बाँकी रहेको छ ।














प्रतिक्रिया