२९ आश्विन २०८३, बिहिबार

तीन नेपाली युवाको लगानीमा यूएईमा खुल्यो काठमाडौँ सैलुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sailun-uaeउत्तम अधिकारी
यूएई । युएईको आबुधाबी शहरमा नेपाली लगानीको पहिलो जेन्ट्स सैलुन संचालनमा आएको छ ।

बैदेशिक रोजगारिका क्रममा आउने नेपालीका लागि आबुधाबी शहर महत्वपूर्ण मानिन्छ ।

मुख्य गरेर आबुधाबीमा हरको नेपाली लाई लक्षित गरे संचालनमा ल्याएको सैलुन  काठमाडौँ जेन्ट्स सैलुनको नाममा गत १५ अगस्तबाट संचालनमा ल्याएको लगानीकर्ताले जानकारी दिएका छन् ।

नेपालीहरुको बाक्लो उपस्थितिका बीच नेपाली राजदुतावास यूएईकी श्रम सहचारी हिरा पौडेल र द्वितीय सचिव कृष्ण अर्यालले उक्त सैलुन संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो

उक्त सैलुनमा पुरुषहरुले फेसियल र कपाल कटाईसँर्ग अन्य सेवा पनि प्राप्त गर्न सक्ने छन् ।  ठुलो संख्यामा रहेका नेपाली समुदायलाई फरक किसिमको सेवा प्रदानका लागि यो व्यवसायमा  हात

हालेको लगानीकर्ता मध्येका एक रबिरमण अधिकारीले जानकारी दिनुभयो ।

‘अपेक्षित सफलता मिल्नेमा म ढुक्छ,’ उहाँले भन्नुभयो, ‘ केही समय भित्रै यसैको शाखाको रुपमा अर्को सैलुन संचालनमा ल्याउने तयारी गरेका छौँ ।’

आबुधाबीको इलेक्ट्रा रोडको जनता बैंक पछाडी रहेको उक्त सैलुनमा सन्दिप खड्का, रबिरमण अधिकारी र सुवर्ण श्रेष्ठको संयुक्त लगानी रहेको छ ।