दिलिप पराजुली
कतार । नेपालीधर्म, संस्कृति, कला र साहित्यको संरक्षणमा योगदान गर्दै आएको ‘गुल्मी सेवा समाज’ ले कतारमा नेपालीमहिलाको महानपर्व हरितालिका तीज भव्यरुपमा मनाएको छ ।
साल्वारोडस्थित क्वालिटी हाइफर मार्केटको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली कला, संस्कार र संस्कृतिको जगेर्नाको गर्ने खालका प्रस्तुति देखाइएको थियो ।
प्रवासमा रहेका नेपाली नारीहरुलाई एक ठाउँमा भेलागरी एक्लोपन हुन नदिन तीज विशेष कार्यक्रमको आयोजना गरेको सो कार्यक्रमका संयोजक मिना खड्काले जानकारी दिनुभयो ।
कार्यक्रमको संयोजकको हैसियतबाट बोल्दै खड्काले उपस्थित सबैलाई धन्यवादसहित अन्तिम समयसम्म यथास्थानमा रहेर कार्यक्रम रोचक, रोमाञ्चक, भव्य र सभ्य बनाउन आग्रह गर्नु भएको थियो ।
२००३ मा स्थापित उक्त संस्थाले विभिन्न संस्थासँग सहकार्य गर्दै विविध कार्यक्रम गर्दै आइरहेको छ ।
कतारमा स्थापित जिल्ला विशेष संस्थाहरु मध्ये गुल्मीले नेपाली महिलाका निम्ति तीज विशेष कार्यक्रमको आयोजना सबै भन्दा पहिला गरेको हो ।
संस्थाका अध्यक्ष शिव खड्काको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गैर आवासी नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रथम उपाध्यक्ष टिबी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो र
महिला समाज कतारकी अध्यक्ष रेखा राई र उपाध्यक्ष संगीता लामाको विशेष आतिथ्यता रहेको थियो ।
यसैगरी एनआरएनएआईसीसी मध्यपूर्व उपसंयोजक पूर्ण केसी, एनआरएनए आईसीसी को–अप्ट सदस्य अमृत गुरुङ र आईसीसी सदस्य उमेश अधिकारी, एनआरएनएएनसीसी कतारका
महासचिव विनोद भट्टराई, व्यवसायी आरके शर्मा, नेपाल पत्रकार महासंघका कार्यवहाक उपाध्यक्ष गणेशप्रसाद बन्जाडे, गुल्मी सेवा समाजका संरक्षक द्रोण बस्नेतलगायतको समेत विशेष आतिथ्यता रहेको थियो ।
यसैगरी अतिथिहरुमा प्रमुख सल्लाहकार विजयविक्रम बस्नेत, सल्लाहकारहरु शिव गौतम र देव गौतम, संस्थापक सचिव अर्जुन बस्नेत, संस्थापक अध्यक्ष यज्ञनिधि खरेल, नेपाली जनसम्पर्कसमितिका सभापति बिमल सुवेदी, नेपाली प्रवासी मञ्चका अध्यक्ष दिलकिरण खुजुम, नेपाली प्रवासी आदिवासी महासंघका प्रतिनिधि, वाग्लुङ सेवा समाजका अध्यक्ष, पाल्पा सेवा समाजका अध्यक्ष, समाजसेवी राजेशदर्शन अर्याल, खस क्षेत्रि समाजका अध्यक्ष हंशराज ढकाल, प्युठान सेवा समाजका अध्यक्ष छवि बिक, गल्फटाइम्स प्रतिनिधि उषा वाग्ले गौतम र पुष्पराज श्रेष्ठको पनि उपस्थिति हरेको थियो ।
त्यसैगरी स्याङ्जा सेवा समाजका उपाध्यक्ष धनन्जय लम्साल, पर्वत सेवा समाजका अध्यक्ष पूर्णबहादुर नेपालीलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सामाजिक अगुवा, बुद्धिजिवीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई मर्यादित र व्यवस्थितबनाउन सो कार्यक्रममा खटिएका स्वयंसेवकहरुको भूमिका अग्रणी देखिन्थ्यो ।
संस्थाका सल्लाहकार भिम तरामु मगरद्वारा सञ्चालित सो कार्यक्रम विधिवत् रुपमा प्रमुख अतिथि र अतिथिहरुले संयुक्त रुपमा ब्यानर अनावरणगरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा गायिका इन्दिरा शाहको सांगीतिक माहौलबाट तीज विशेषलाई संगीतमय बनाइएको थियो ।
उहाँले एल्वम विक्रि वापतको २० प्रतिशत रकम बाढी पीडितलाई दिने घोषणा गर्नुभयो ।
कार्यक्रममा अविरल अजित, मोहन शाह, सन्दिप रसाईली, कविता तामाङलगायतका स्थानीय कलाकारहरुको सांगीतिक माहौलले हल गुञ्जायमान भएको थियो ।













प्रतिक्रिया