काठमाडौं, ८ भदौ । नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्द (विप्लप) का छोरा नरेन्द्र र भतिजी मञ्जुले आत्महत्या गर्ने प्रयासस्वरुप विष सेवन गरेको खबरले खुव चर्चा पाएको छ ।
विप्लवपुत्र नरेन्द्र चन्द र भतिजी मञ्जु चन्दले शनिबार बेलुका चाबहिलस्थित डेरामा कोही नभएको मौका छोपी विष सेवन गरेका थिए ।
उनीहरु दुबै जना विष सेवन गरेर बेहोस भएको अवस्थामा छिमेकीले उनीहरुलाई ओम अस्पताल पु¥याएका थिए ।
उनीहरुलाईए अस्पतालमा इसीयुमा नै भर्ना गर्नुपरेको थियो ।
अस्पताल पु¥याएको भोलिपल्ट नेत्रविक्रम चन्द र जयन्त चन्द ओम अस्पताल पुग्नु भएको थियो । अस्पतालमा पुगेर नरेन्द्र र मञ्जुलेलाई भेटिसकेपछि चन्दले आवेशमा आएर उनीहरु आफैंले विष सेवन गरेको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनीहरुले कोठामा सुसाइड नोट समेत लेखेर विष सेवन गरेका थिए ।
अनुसन्धानबाट नरेन्द्र आफैंले सुसाइड नोट लेखेको खुलेको छ ।
अस्पतालले दिएको जानकारी अनुसार नरेन्द्र र मञ्जु दुबैको अवस्था अहिले खतरामुक्त छ । पारिवारिक स्रोतले पनि उनीहरु बोल्न सक्ने अवस्थामा फर्किएको बताएका छन् ।
नरेन्द्र भीएस निकेतनमा कक्षा १० र मञ्जु युनाइटेड कलेजमा ११ कक्षामा मा अध्ययनरत छन् ।














प्रतिक्रिया