विजय थापा
भर्जिनिया । अमेरिकाको भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका अध्यक्ष शेष घलेले नेपालमा निर्माण हुन लागेको एनआरएन भवन निर्माण हेतु अमेरिकाका बिभिन्न राज्यहरुमा भ्रमण गर्दै कोष संकलन गर्ने क्रमलाई जारी राख्दै वाशिंगटन डिसीमा अमेरिकन सरकारका राज्य बिभागका केहि महत्वपूर्ण व्यक्तिहरुसंग भेट गरेका छन् ।
भेटघाटको क्रममा मुलुककै हित तथा एनआरएनले लिएर हिडेको उद्देश्य अनुरुप एक प्रतिनिधिमण्डलसहित सफलतापूर्वक भेटघाट गरेको र आफ्नो कुराहरु प्रष्ट राखेको लाउडन काउन्टी डेमोक्रेटिक दल, डलस डिस्ट्रिकका सभापति हरि शर्माले बताए ।
भेटघाटमा अमेरिकाका राष्ट्रपति बाराक ओबामाका वरिस्ठ सल्लाहकार, शेखर नरसिंह, अमेरिकन सरकारका राज्य विभाग तथा नेपाल, बंगलादेश तथा भुटान मामला हेर्ने एरिक कोलिन्स तथा एरिक एयिडसंग फाँटका बिषयमा आवाज उठाएको एनआरएन अन्तरराष्ट्रिय परिषदका अमेरिकाका लागि सल्लाहकार राम खरेलले बताए ।

यसैगरी गैरआवासीय नेपाली संघका युवाहरुको लागि ग्रिष्मकालिन प्रशिक्षण सम्बन्धि कम्तिमा दुई बर्षमा एकपटक राख्नु पर्ने कुरामा जोड दिएको तथा संस्कृति तथा भाषा सम्बन्धि पनि चर्चा परिचर्चा गरिएको कुरा गैरआवासीय नेपाली संघ अमेरिकाका लागि वरिस्ठ उपाध्यक्ष लोकनाथ तिवारीले जानकारी गराए ।
एनआरएनका अध्यक्ष शेष घलेले वाशिंगटनस्थित नेपाली दुतावासमा कार्यबाहक राजदुत ऋषिराम घिमिरेसंग पनि भेटघाट गरेका थिए ।














प्रतिक्रिया