२८ आश्विन २०८३, बुधबार

कतारमा रमाईलो विषेश तीज कार्यक्रम भव्यरुपमा सम्पन्न, पत्रकार रमिते मात्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katar-tajaa.1

घनश्याम पराजुली (कृष्ण)
दोहा (कतार) । गुल्मी सेवा समाज कतारले हिन्दु नारिहरुको महान चाड हरितालिका तीजको अवसरमा दोहाको सल्वा रोड स्थित क्वालिटी हाईपरमार्केटको सभाहलमा तीज विषेश कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।

गुल्मी सेवा समाजका अध्यक्ष शिव खड्काको सभापत्विमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय सम्वन्य समितिका उपाध्यक्ष टीबी कार्की रहनु भएको थियो ।

विशेष अतिथिहरुमा नेपाली महिला समाजकी अध्यक्ष रेखा राई , एनआरएन मध्यपुर्व सह–संयोजक पुर्ण के.सी., एनआरएन आईसिसी सदस्य अमृत गुरुङ्ग र उमेश अधिकारी, गुल्मी सेवा समाजका संरक्षक तथा एनआरएन कतारका कोषाध्यक्ष दोर्ण बस्नेत, महासचिव बिनोद भट्टराई रहनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ कतारका कार्यवाहक अध्यक्ष गणेश प्रसाद बन्जाडे , नेपाली प्रवासी मञ्च कतारका अध्यक्ष दिलकिरण खजुम, समाजसेवी तथा व्यवसायी आरके शर्मा, नेपाली जनसम्पर्क समितिका सभापती बिमल सुबेदी, खसक्षेत्री समाजका हंसबहादुर क्षेत्री, स्याङ्जा सहयोग समाजका उपाध्यक्ष धनञ्जय लम्साल, समाजसेवी राजेशदर्शन अर्याल पनि सहभागी हुनुभएको थियो ।

प्युठान सेवा समाजका छबी बि.क, गल्फ टाईम्सका प्रतिनिधी उषा गौतम र पुष्पराज श्रेष्ठ, पर्वत सेवा समाजका अध्यक्ष पुर्ण ब. नेपालीका साथै विभिन्न जिल्ला संस्थाहरुका प्रतिनिधी लगायत कतारका कार्यरत नेपालीहरुको समेत कार्यक्रममा उल्लेख्य उपस्थिती रहेको थियो ।

विशेष तीज कार्यक्रमलाई गैर आवासीय नेपाली तारा २०१४ को विजेता गायिका ईन्दीरा शाहको ‘ढल्की ढल्की नाचौकी झैँ लाछ’ बोलको तीज गितले रमाईलो बनाएको थियो । शाहले उक्त एल्वम बिक्रिबाट उठेको रकमको २० प्रतिसत बाढी पीडितलाई सहयोग गर्ने भनेर स्टेजबाट उद्घोष गरेपछि कार्यक्रममा उपस्थित सबैले तालीले स्वागत गरेका थिए ।

‘आउन वरवर, लभ परेको छ र ?’ भन्ने तीज गितको भाकामा गित गाउदैँ कार्यक्रममा गायक डोलराज परियारले उपस्थित सबैलाई नचाउनुभयो । कार्यक्रममा नन्द परियार र अजित कुमारको नृत्यले झन रौनक थपेको थियो ।

तीज विषेश कार्यक्रमलाई संयोजक मिना खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाई भिम तरामु मगर, प्रमेष दाहाल र ईश्वरा मगरले सञ्चालन गरेका थिए । सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

katar-tajaa

कार्यक्रममा गायक अविरल अजित, मोहन शाह, सन्दिप रसाईली, कविता तामाङ लगायतका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा पत्रकारहरुको उपस्थितीलाई भने त्यती मान्यता दिइएन ।

कार्यक्रममा अतिथिहरु पनी अस्थव्यस्थताले वाक्क देखिन्थे । जे होस विदेशमा भएर पनि नेपाली कला सँस्कृतिलाई सम्झनु अतिनै मुल्यवान बन्छ । आगामी हप्ता शुक्रकारका दिन दोहा स्थित होलिडे भिल्लामा नेपाली महिला संघ कतारले तीज कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ ।