३० आश्विन २०८३, शुक्रबार

धम्की आए सिधै एआइजीपीलाई फोन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bigyanraj-Sharmaकाठमाडौ, ७ भदौ । आपराधिक व्क्तिबाट अप्ठ्यारोमा परेको बेला प्रहरी अधिकारीलाई सिधै सम्पर्क गर्न सकिने भएको छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले आफ्नै मोबाइल नम्बर सार्वजनिक गरी खबर गर्न आग्रह गरेका हुन् ।

सर्वसाधारण तथा ब्यवसायीलाई धम्क्याएर पैसा माग्ने गतिविधि नियन्त्रण गर्न एआइजी शर्माले आफ्नो मोबाइल नम्बर ९८५१२८८८८ सार्वजनिक गरी खबर गर्न आग्रह गरेका छन् । शुक्रवारदेखि उनले उजुरी सुन्न हटलाइन सेवा सुरु गरेका छन् ।

एआइजी शर्माका साथै प्रहरीले अन्य तीन वटा मोबाइल नम्बर पनि हटलाइन प्रयोगमा ल्याएको छ । ९८५१२८३८३५, ९८६०३१२२१० र ९८६०३११२१३ नम्बर हटलाईन बनाइएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालका अनुसार हटलाईन सेवामा अधिकृत तहका प्रहरीले मात्र डिल गर्छन् र तत्काल पीडितले प्रहरीको सहयोग पाउँने समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।