३० आश्विन २०८३, शुक्रबार

बदलिँदो तीज मिसन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teej NAchकाठमाडौं, ७ भदौ । बुटवलकी पुनम पाठकका पति रोजगारका लागि कुवेत गएका थिए। उनी अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेकी थिइन्, बलिन्द्रधारा आँसु बगाउँदै बिदाइ गर्न।

पति फर्कंदा पनि उनका आँखाबाट बलिन्द्रधारा आँसु बगिरहेकै थियो।

उनले बाकसमा ल्याइएको पतिको शव बुझेकी थिइन्।

१२ वर्षअघि जतिबेला यो घटना भयो, पुनम २२ दिनकी सुत्केरी थिइन्।

‘श्रीमान बितेपछि मेरो धेरै तीज घरभित्र रोएरै बिते,’ उनले भनिन्, ‘संसार रंगहीन लाग्थ्यो। कुनै चाडबाड नआइदिओस्जस्तो लाग्थ्यो।’
अहिले पुनम ‘छहारी क्याटरिङ’ मा काम गर्छिन्, आफ्नै श्रममा छोरा पढाइरहेकी छन्।

भन्छिन्, ‘म एकल छु, तर निराश छैन। रोएर बस्दिनँ। तीज आउँदा रातो कपडा लगाएर अरूजस्तै छमछमी नाच्छु।’

‘तीजु भन्नेबित्तिकै एउटी यस्ती महिलाको तस्बिर आँखासामुन्ने आउँछ, जो रातो साडी र छड्के तिलहरीमा सजिएर पतिको दीर्घायुका लागि पानीसम्म नपिई व्रत बसेकी छन्। वा, असल पतिको कामना गर्दै शिवजीको आराधना गरिरहेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

शुक्रबार राजधानीमा आयोजित एउटा कार्यक्रम भने तीजको प्रचलित मान्यताभन्दा भिन्न थियो।

‘वैवाहिक स्थितिका आधारमा भेदभाव नगरौु’– भित्तामा टाँगिएको यो तुलले नै भनिरहेको थियो, यहाँ तीज अवसरमा यस्तो कार्यक्रम भइरहेको छ, जसले यसको वैवाहिक परिधि वा पतिको दीर्घायुसँग जोडिएको सामाजिक मान्यता चिर्ने प्रयास गरेको छ।

एकल महिला समूहद्वारा आयोजित यो कार्यक्रममा त्यस्ता एकल महिलाहरूलाई सरिक गराइएको थियो, जो ुतीज मनाउन हुन्नु भन्ने सामाजिक तगारोमा बाँधिएका थिए। रंगीविरंगी साडी र कुर्ता–सुरुवालमा सजिएका ती एकल महिला अरूजस्तै तीज–गीतको तालमा दिल खोलेर कम्मर मर्काउँदै थिए।

‘तीजलाई महिला स्वतन्त्रताको चाड भनिन्छ,’ पुनम दृढतासाथ भन्छिन्, ‘हामी एकल महिलालाई पनि स्वतन्त्र जीवन बाँच्ने पूर्ण अधिकार छ, यो हाम्रो पनि स्वतन्त्रताको चाड हो।’

कार्यक्रममा आएका अन्य महिलाको कथा पनि पुनमकै जस्तो छ।

धर्मस्थलीकी शशि शर्मा भट्टले १४ वर्षअघि नै पति गुमाइन्। पति बितेपछि न उनलाई तीजको रहर भयो, न दसैं–तिहारकै महत्व रह्यो। लामो समय एउटा अव्यक्त शोकले उनको मनमस्तिष्कमा पर्दा हालिरह्यो। ऋतु फेरिन्थे, उनको जिन्दगीमा भने सधैं बर्खा लागिरहन्थ्यो। बाहिर हरिया पालुवा पलाउँथे, उनको मन सधैं ओइलाइरहन्थ्यो।

जब शशि एकल महिला समूहमा आबद्ध भइन्, उनको जिन्दगीको ऋतु फेरियो। आँखामा हरिया पालुवा पलाए। शोकको पर्दालाई आशाको घामले चिर्योो। अचेल उनी समाजको परम्परागत परिधि तोड्न चाहन्छिन्। र, अरूलाई पनि परिवर्तनको छलाङनिम्ति खुट्टा उचाल्न हौस्याउँछिन्।