उत्तम अधिकारी
यूएई । तीजको रौनकले नेपाली नारीहरुलाई छपक्क छोपिरहेका बेला यूएईको अलऐनमा रहेका प्रवासी नेपालीहरुले पनि यस पर्वलाई विशेष किसिमले मनाई रहेका छन् ।
आज शुक्रवार अलऐनको फुड वर्ल्ड रेस्टुरेन्टमा एक बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरी अलऐनवासी नेपाली नारीहरु तीजका गीतहरुमा कम्मर मर्काइ मर्काइ नाची रहेका रहेका छन् ।
प्रवासी नेपाली मञ्च यूएईको अलऐन क्षेत्रीय समितीको आयोजनामा भएको उक्त कार्यक्रममा यूएईमा रहेर कलाकारिता गर्दै आइरहेका डेढ दर्जन नेपाली कलाकारहरुले बिभिन्न किसिमका मनोरन्जनात्मक प्रस्तुति प्रस्तुत गरिरहेका छन् ।
सबैखाले पीडा, व्यथा र समस्यालाई भुलेर खुशीसाथ मनाउने यो पर्वमा
पूर्ण रुपमा मनोरन्जन लिने अपेक्षा गरिएको छ ।
आयोजक कमिटीका अध्यक्ष समेत रहनु भएका कार्यक्रम संयोजक लक्ष्मण अधिकारीले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन कुनै कसर बाँकी नराख्ने दाबी गर्नुभयो ।
त्यति मात्र होइन कार्यक्रममा सहभागी हुन पहिल्येदेखि सारी चोलो ठिक्क पारेर बसेका नेपाली महिला पनि आज खुव उत्साहित बनेका छन् । सिन्धुपाल्चोककी पार्वती तामाङले आफु बसेकै शहरमा तीज कार्यक्रम आयोजना भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
बिदेशमा रहेर पनि यसरी नेपाली पर्वहरुमा सरिक भएर धेरै नेपालीहरुसँग घुलमिल हुन पाउँदा पारिवारिक बिछोडको पीडा कम भएको उहाँको भनाई छ ।
मञ्चका तर्फबाट उक्त क्षेत्रका इन्चार्ज इन्द्रबहादुर घिमिरेले कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरुलाई स्टेजमै पुगेर तीजका गीतहरुमा छमछमी नाच्ने ब्यबस्था मिलाईएको जानकारी गराउँनुभयो ।
आयोजकका अनुसार कार्यक्रम साँझ ५ बजेबाट शुरु हुनेछ । मंचको अलऐन क्षेत्रीय समितीले गत बर्ष पनि भब्य रुपमा तीज कार्यक्रम आयोजना गरेको थियो ।
धार्मिक, साँस्कृतिक र मौलिक पर्वको रुपमा रहेको यस पर्वलाई उक्त क्षेत्रले प्रत्येक बर्ष मनाउने जनाएको छ ।














प्रतिक्रिया