२८ आश्विन २०८३, बुधबार

एटलान्टामा नायक भुवन केसी ‘लाइफ टाइम अवार्ड’ बाट सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhuwan 3

विजय थापा

भर्जिनिया । नेपाली चलचित्रका नायक भुवन केसीलाई अमेरिकाको एटलान्टामा २३ बर्ष अगाडी स्थापना भएको ‘नेपलिज् एसोसिएसन इन साउथ इस्ट अमेरिका’ ले सम्मान गरेको छ ।

केसीले नेपाली चलचित्र क्षेत्रमा गरेको उल्लेखनीय योगदानको उच्च कदर गर्दै लाइफ टाइम अवार्डले सम्मान गरेको हो ।

सम्मानित गर्ने संस्था नासाको ईतिहासमा पहिलोपटक लाइफ टाइम अवार्डबाट सम्मानित हुने अवसर नायक केसीले पाएको नासाका पूर्व अध्यक्ष तथा गैर आवासीय नेपाली संघ अमेरिकाबाट अन्तराष्ट्रिय सदस्यमा निर्वाचित हुनुभएका राजा घलेले बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष डा. रामचन्द्र बराल, पुर्व अध्यक्ष राजा घलेलगाएतले मन्तब्य राख्नुभएको थियो । उहाँहरु सबैले सम्मानित हुने नायक केसीलाई शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रममा नायक केसीले स्थानीय कलाकारहरु सोमु राई, हेलेना नानु गुरुङ र बिनोद गुरुङहरुको साथ केही गीतहरु ,नाचहरु र अभिनय प्रस्तुत गरेर सबै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनुभएको थियो ।

सम्मान पाउने नायक भुवन केसीले अमेरिकाकै एउटा स्थापित संस्था नासा द्वारा पहिलो पटक आफु लाइफ टाइम अवार्डबाट सम्मानित हुन् पाउदा गौरवान्वित भएको महसुस गरेको भन्दै संस्थालाई आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा केसी आफैले निर्माण गरेको र उहाँको प्रमुख भूमिका रहेको नेपाली फिल्म ‘साथी म तिम्रो’ प्रदर्शन गरिएको थियो ।