काठमाडौ, ५ भदौ । मेसिन रिडेबल पासपोर्ट ९एआरपी० को लागि आवेदन दिएकाहरुले आफ्नो पासपोर्ट तयार भए नभएको अब वेबसाइटमा हेर्न सक्ने भएका छन् ।
जिल्ला तथा दूताबासमा पुगेपछि पनि तत्काल जनतालाई राहदानी वितरण नगर्ने गुनासो बढेपछि राहदानी विभागले सबैले हेर्नसक्ने गरि राहदानी आएको र पठाएको सूचि नै वेबसाइटमा राखिदिन थालेको हो ।
राहदानी विभागका महानिर्देशक रमेश खनालका अनुसार अव राहदानीको अवस्था आवेदक आफैले विभागको वेवसाइटमा हेर्न सक्नेछन ।
परीक्षणको रुपमा मंगलबारदेखि राहदानी कुन जिल्लाबाट कहिले आएको र कहिले फर्काएको भन्ने एकमुस्ट जानकारी राखिएको छ ।
एक साता भित्र नै सबैको नामसहित नै त्यहाँ राखिने ब्यवस्था गरिने उनले बताए । धेरै जिल्लामा राहदानी उपलब्ध गराउन जनतालाई दुई महिना भन्दा पनि बढी समय लगाउने गुनासो आएपछि विभागले समयमा पठाएको जानकारी दिन त्यस्तो उपाए रचेको हो ।
दुतावासहरुमा पनि तीनदेखि चार महिनामा पनि राहदानी नपाउने समस्या रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । जिल्लाको १४ दिन र मिसनको एक महिना भित्र रहदानी पुगिसकेको हुन्छ । तर पनि किन ढिलाई भन्दै विभागले आफ्नो वेवसाइटमा त्यस्तो सूची राख्न थालेको हो।















प्रतिक्रिया