३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिमा विवाद नगर्न प्रधानमन्त्रीको आग्रह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koralaकाठमाडौ, ५ भदौ । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म राष्ट्रपतिका बारेमा विवाद नगर्न प्रमुख सत्ता साझेदार एमाले र प्रतिपक्षी एमाओवादीलगायतका दलहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित कार्यक्रममा सचिवहरूलाई निर्देशन दिने क्रममा उनले एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीले राष्ट्रपति र उपराष्ट्रपति संविधानसभाबाट अनुमोदन हुनुपर्ने आवाज उठाउन थालेकोप्रति संकेत गर्दै एक वर्षभित्रै संविधान जारी गर्नुपर्नेमा जोड दिई राष्ट्रपतिका बारेमा विवाद नगर्न आग्रह गरेका हुन् ।

कोइरालाले संविधानसभा निर्वाचनपछि माघ २६ मा कांग्रेस र एमालेबीच संयुक्त सरकार गठनका लागि भएको सहमतिको पहिलो बुँदामा रहेको बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र ताजा जनादेशको मूल मर्म र भावनाबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान एक वर्षभित्र निर्माण् गर्नेबाहेक अरू कुरामा विवाद नगर्न एमालेलगायतका दललाई आग्रह गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

उनले संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म अन्तरिम संविधानअनुसार वर्तमान राष्ट्रपति पदमा कायम रहिरहने प्रष्ट व्यवस्था रहेको उल्लेख गर्दै कांग्रेस र एमालेबीच भएको सहमतिको पहिलो बुँदाअनुसार एक वर्षभित्र नयाँ संविधान निर्माण गरिसक्नसमेत मर्यादित राष्ट्रपतिका बारेमा विवाद नउठाउन एमालेसहित सबै दललाई आह्वान गरेका छन् ।