२८ आश्विन २०८३, बुधबार

शेर्पालाई सभासद बनाउन कोरिया एमालेको सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tenji-sherpaसोल। नेकपा एमालेको कोरिया संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) ले एनआरएनका सस्थापक तेन्जी शेर्पालार्इ सभासद् मनोनयन गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

सरकारले मनोनित गर्न बाँकी २६ सभासदमा शेर्पालार्इ मनोनयन गरिए संविधानसभामा लाखौं प्रवासी नेपालीहरुको भावना प्रतिनिधित्व हुने ठहर गर्दै सिफारिस गरिएको ओएनएफ कोरियाका उपाध्यक्ष सुरेन्द्र आचार्यले बताउनुभयो । एमाले सोलुखुम्बुले शेर्पालाई सभासद्मा सिफारिस गरे लगत्तै ओएनएफ कोरियाले पनि शेर्पालाई सभासद् बनाउन दबाब दिएको हो ।

लामो समय प्रवासमा रहँदा नेपाल र नेपालीप्रति गरेको त्यागको सम्मान गर्न पनि शेर्पालाई सभासद बनाउनु पर्ने ठहर आइतबार सम्पन्न मञ्चको बैठकले गरेको हो ।

बौद्धिक र सरल व्यक्तित्व भएका शेर्पाको सामाजिक र राजनैतिक भूमिका संसदमा महत्वपूर्ण हुने भएकाले सिफारिस गरिएको मञ्चका अध्यक्ष गोविन्द गाउँलेले बताउनुभयो । गाउँलेका अनुसार सोलुखुम्बुबाट संविधान सभामा एमालेबाट समानुपातिक र प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएको र आदिवासी जनजातिको प्रतिनिधित्व हुने भएकाले पनि शेर्पालाई सिफारिस गरिएको हो ।

सोलुखुम्बुमा जन्मिएका शेर्पा विद्यार्थीकालदेखी नै राजनीतिमा सकृय हुनुहुन्छ । काठमाडौंको अमृत साइन्स क्याम्पसमा अध्यनय गर्दा अनेरास्ववियु पाचौं नजिक रहेका शेर्पा उच्च शिक्षाका लागि सन १९८८ मा कोरिया पुग्नुभएको थियो । उहाँले सोल विश्वविद्यालयबाट सन् १९९५ मा इलेक्ट्रीकल इन्जिनियरिङमा मास्टर्स गर्नुभएको थियो । तात्कालीन कोरिया ुजिफन्टु का संस्थापक समेत रहेका शेर्पालाई सभासद् बनाउन पार्टीका शीर्ष नेता पनि सहमत देखिएका छन् । एनआरएनको अध्यक्षमा एमालेका तर्फबाट प्रत्यासी भएका शेर्पालाई सभासद्, राजदूत या पार्टीको विदेश विभागमा लैजानुपर्ने माग एमालेको प्रवास संगठनहरुले गरिरहेका छन् ।