विजय थापा
भर्जिनिया । नेपाली महिला बिश्व सञ्जाल (एनडब्लुजीएन) को चौथो बार्षिक सम्मलेन अमेरिकाको म्यास्याचुसेट्स राज्यको बोस्टनमा सम्पन्न भएको छ ।
आर्थिक शशक्तिकरणको लागि नेपाली महिला एकजुट र बिश्वब्यापी रुपमा संगठित भन्ने सम्मेलनको मुख्य नारा रहेको थियो । सम्मेलनले बिश्वभर रहेका महिलाहरुको सम्बन्धमा शशक्त आवाज उठाएको छ । सम्मेलनमा अमेरिकाका लागि नेपाली कार्यबाहक राजदुत ऋषि घिमिरे, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले तथा अन्य अतिथिहरुको विशेष उपस्थिति थियो ।
मुख्य वक्ता तथा मानव अधिकारबादी डा रेणु राजभण्डारीले महिलाहरुका जटिल मुद्धाहरु स्थान्तरण, महिला बेचबिखन, घरेलु हिंसा, स्वास्थ्य तथा यौन आक्रमणका बारेमा प्रकाश पारेकी थिइन् ।

सम्मेलनले नेपाली महिलाहरु सम्बन्धी विभिन्न प्रकारका स्रोत जुटाउन अपरिहार्य हुने र त्यसको लागि विभिन्न संघ सहकार्य तथा हातेमालो भई गर्दै काम गर्ने गरी ढोका खुला गरिएको बताइएको छ । सम्मेलनले महिलाहरुको स्तरबृद्धिमा संचारमाध्यमको भूमिका, महिलाहरुका उपलब्धि तथा साना ब्यबसाय स्वामित्वका चुनौतीका बिषयमा मस्तिस्क मन्थन गरिएको जनाइएको छ ।
महिला अधिकारबादी तथा सामाजिक कार्यकर्ता लिली थापाले हृदयबिदारक कथा सुनाउँदा वातावरण निक्कै भावुक बन्न पुगेको थियो । सम्मेलन सूचना तथा उत्प्रेरणामुलक रहेको ठहर गर्दै सहभागी हुने अधिकांशले २ बर्षमा आयोजना हुने सम्मेलनलाई हरेक ६ महिनामा सम्मेलनको आयोजना गरियोस भनि अनुरोध गरिएको पुर्व अध्यक्ष बिद्या रंजितले बताइन । सम्मेलनका लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट महिला हकहितको लागि आवाज उठाउने र त्यस सम्बन्धमा काम गरिरहेका समाजसेवी तथा महिला अधिकारवादी सहभागी हुन बोस्टन पुगेका थिए ।














प्रतिक्रिया